क्रोबा ग्याङ्गको खतरा तिज कोसेली ‘चोकचोकमा’ (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच क्रोबा ग्याङ्गको प्रस्तुतिमा रहेको तिज कोसेली ‘चोकचोकमा’ भखर्रै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध गायक इन्द्र जिसी, सुमन परियार, श्याम राना, बालचन्द्र वराल र सागर विसीको आवाज रहेको गितमा क्रोबा ग्याङ्गको शब्द सृर्जना र गायक एवम् सर्जक इन्द्र जिसीको लय रचना संगै संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा मौलिक गितलाई आधुनिक फ्युजमा ढाली पुरुषहरुको पनि पिडा हुन्छ भनेर दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

हुम गैरेको उत्कृष्ट निर्देशन तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा क्रोबा ग्याङ्गको टिम इन्द्र जिसी, सुमन परियार, श्याम राना, बालचन्द्र वराल र सागर विसीको फिचरिङ्ग रहेको छ ।

गितको म्युजिक भिडियोलाई राम केसीले छांयाकन एवम् हुम गैरेले सम्पादन गरेका छन् । गित Indra Gc अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनि: