भर्खरै काठमाडौंको कोटेश्वरमा घट्यो यस्तो दुखत घटना

काठमाडौं, ५ साउन :

काठमाडौंको कोटेश्वरमा आज बिहान टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् ।

घाइते भएका रामेछापको बिजुलीकोट घर भएका ३१ वर्षीय श्याम बहादुर खड्काको काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा ४ ख ५७ ०३ नम्बरको टिपरले आज बिहान ३ बजे पैदल हिडिरहेका खड्कालाई ठक्कर दिएको थियो ।

टिपर सहित चालकलाई प्रहरी बृत्त नयाँबानेश्वरले नियन्त्रणमा लिएको छ ।

यस्तो छ अजाको मुद्रा विनिमय दर ;नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको नेपाली मूल्य तोकेको छ । बिहीबारका लागि तोकिएको नेपाली मूल्य अनुसार अमेरी डलर एकको खरिद दर १२७.६९ रुपैयाँ र बिक्री दर १२८.२९ रुपैयाँ रहेको छ ।

त्यसै गरी युरो एकको खरिद दर १३०.१४ रुपैयाँ र बिक्री दर १३०.७५ रुपैयाँ रहेको छ ।

यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८८.५५ रुपैयाँ, क्यानेडियन डलर ९९.५९ रुपैयाँ, सिंगापुरे डलर ९२.०७ रुपैयाँ रहेको छ ।

साउदी रियाल १ को खरिददर ३४.१५ रुपैयाँ, कतारी रियाल १ को खरिददर ३५.२३ रुपैयाँ रहेको छ ।