ग्यासका पाइप चुल्होमा लैजानुपर्ने आवश्यकता छैन : ओली

काठमाडौं ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बिजुलीका तार नै भान्छामा पुग्ने दावी गरेका छन् ।

बुधबार बागमती प्रदेशस्तरी भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले अब ग्यासका पाइप चुल्होमा लैजानुपर्ने आवश्यकता नभएको बताएका हुन् ।

चुल्होमा ग्यास ल्याउन सकिन्छ ? नहुने कुरा भन्दै थिए, पानीका पाइपचाहिं लान सकिने, ग्याँसको पाइप लान नसकिने हुन्छ ? अब ग्यास चाहिंन्न अब त बिजुलीका तारै पुर्‍याइन्छ ।’ ओलीले भने ।

साना साना पाइप चुल्होमा नभइ आफूहरूले पेट्रोलियम पाइपलाइन नै बनाएको दावी गरेका ओलीले भारतबाट अमलेखगञ्जसम्म ठूला पाइप जोडेर पेट्रोलियम पदार्थ झारेको बताए ।