गठवन्धनको भरोसा गर्नु हुुँदैन,आफ्नै तागतमा जित्छु भन्ने भरोसा राख्नुपर्छ

काठमाडौंं ४ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठवन्धनको गीत गाएर बस्दा गएको स्थानीय तहमा पार्टी कमजोर हुनुपरेको बताएका छन् ।

बुधबार स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रमलाई सम्बोधन गर्दैै अब गठवन्धनको भरोसा गर्न नहुने बताएका हुन् ।

‘गठबन्धनको भर परेपछि अरुको सहारामा बाँच्नुपर्दोरहेछ अरुको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन । आफ्नै शक्तिमा भरोसा गर्ने, आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरुले पार्टीको पनि विश्वास जित्न सक्दा रहेछन् ।’ नेपालले भने ।

आफ्नै तयारी गरेको भए थप अरु पनि जित्न सक्ने दावी गरेका उनले पार्टीभित्रै अन्तर्घात भएको बताए । ‘कतिपयले धोका दिए, सहमति कायम भएन । पार्टीभित्रै अन्तर्घात पनि भयो । कतिपयको ध्यान हाम्रो साइज घटाउने कुरामा गयो ।’ उनले भने ।

गठबन्धनको अभ्यासक्रममा धेरै कमजोरी पार्टीबाट भएको पनि उनले स्वीकार गरे ।