सुनिल ग्रोवर पुनः डा.गुलाटीको रुपमा देखिँदै, के पहिलेको जस्तै लोकप्रिय हुन्छन् त ?

एजेन्सी :

कमेडियन सुनिल ग्रोवर पुनः गुलाटीको चरित्रमा देखिने भएका छन् ।चर्चित रियालटी शो ‘द कपिल शर्मा’ शोमा डा.मशहुर गुलाटीको चरित्रबाट चर्चित ग्रोवर सोनी टिभीले हालै सार्वजनिक गरेको कमेडी शो ‘इन्डियाज लाफ्टर च्याम्पियन’ को प्रोमोमा डा।मशहुर गुलाटीको रुपमा देखिन् लागेका हुन् ।

दर्शक सुनिल ग्रोवरको यो चरित्र फेरि हेर्न उत्साहित छन् २०१६ मा कपिल शर्मासँगको झगडापछि ‘द कपिल शर्मा’ शो छोडेका सुनिलका फ्यफ्यानहरु खुशी भएका छन् ।
यसपछि सुनील ग्रोवरले फिल्म, वेब सिरिज र अन्य प्रोजेक्टमा मात्र ध्यान दिएका थिए ।

अब भने उनी फेरि पुरानै चरित्रमा देखिने भएका हुन् ।अर्चना पूरन सिंह र शेखर सुमन निर्णायक रहेको शोमा सुनिल अर्चना पूरन सिंहसँग फ्लट गरिरहेको समेत देखाइएको छ ।