पैसाका लागि कोख भाडामा लगाउनेको कथा रहेको फिल्म ‘माइकल अधिकारी’को ट्रेलर बाहिरियो

काठमाडौं ।

फिल्म ‘माइकल अधिकारी’को ट्रेलर बाहिरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १९ सेकेन्ड लम्बाईको ट्रेलर रिलिज गरिएको हो ।

रन्जित रौनियार निर्देशित फिल्म ‘माइकल अधिकारी’मा शहरमा रोजीरोटीका लागि संघर्ष गरिरहेको एक दाम्पतीमा आर्थिक समस्याले उत्पन्न झगडा, पैसाका लागि कोख भाडामा लगाउने महिलाको कथालाई नजिकबाट केलाइएको छ ।

गरिबी, अभाव र समस्याको कारण अर्काको भ्रूण गर्भमा हुर्काएर बच्चालाई जन्म दिने सरोगेसीको कथामा आधारित फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठका अलावा लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, अशान्त शर्मा, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियारको अभिनय देख्न सकिन्छ ।

भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको उद्दव पौडेलको प्रस्तुतकर्ता हुन् भने निरक पौडेल निर्माता हुन् ।

फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ ।