दिल्लीमा प्रचण्डलाई नमिठो झट्का !

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतीय जनता पार्टीको निम्तोमा भारत गएका प्रचण्डलाई एयर्पोटमै झट्का लागेको छ ।

भारतीयहरु नेपाल आउँदा नेपालका समकक्षीहरु एयर्पोटमै गएर स्वागत गर्ने चलन भएको भएपनि उनलाई पार्र्टीको मामुली कार्यकर्ताले स्वागत गरेपछि झट्का लागेको हो । शुक्रबार दिउँसो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए ।

चीनबाट चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेपालमै आएर प्रचण्डको घरमै भेटेका थिए । भारतले हामी तिमिहरुलाई बोलाएर त्यही हैसियतमा स्वागत गर्न लगाउँछौँ भन्दै कुटनीतिक जवाफ फर्काएको छ ।

केहि दिन अघि मात्रै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउले प्रचण्ड निवासमा भेट गरेका थिए । भेटमा उनले नेपालमा कम्युनिस्टबीच एकता अपरिहार्य भएको बताएका थिए । दिल्ली उड्नु अघि प्रचण्डले चिनियाँ नेता आउँनु र आफु दिल्ली जानु विच कुनै साइनो नभएको बताएका थिए । तर प्रचण्ड यहि बेलानै दिल्ली उड्नुलाई धेरैले चासोका साथ हेरेका छन्।

त्यहाँ उनले नेपालको पहिलो महिला आर्जु राणलाई भेट्ने कार्यक्रम पनि रहेको छ । प्रचण्डले भोली (आइतबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलाई भेट्ने कार्यक्रम रहेको छ ।