टिका सानु र सुर्य खड्काको स्वरमा तीज गीत ‘रंग मात्रै हो’ भाइरल

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०७९ को हार्दिक शुभकामना सहित जापानमा बस्दै आउनु भएका युवा सफल ब्यबसायी तथा समाजसेवी राजु कंडेलको प्रस्तुतिमा मौलिक तीज गीत ‘रंग मात्रै हो’ बजारमा आएको छ। साकुरा ग्रुप र जमुना ग्रुप जापानको संयुक्त प्रस्तुतिमा बजारमा आएको गीतमा आवाज भने लोकप्रिय गायक सुर्य खड्का र लोकप्रिय गायिका टिका सानुको सुन्न सकिन्छ।

यतिबेला आम दर्शको मनमा बसेको उक्त गीतको लय तथा शब्द सृजना भने सुर्य खड्कालेनै गरेका छन।माउन्टेन रोधीघरको युटुब च्यानल मार्फत सार्बजनिक भएको उक्त गीतको भिडियोमा यो पटक भने चर्चित गायिका तथा कलाकार टिका सानु आफैले नाचेकी छिन भने उनलाई निक्स शर्माले साथ् दिएका छन।

भिडियोमा एक नारी र पुरुष बिचको प्रेम कथालाई बिशेष रुपमा देखाईएको छ भने सुर्य खड्काको स्वरले झन् सुनमा सुगन्ध सुनिएको छ गीत।काजिश श्रेष्ठको निर्देशन र दुर्गा पौडेलको छायांकन रहेको भिडियो सम्पादन भने प्रकाश धमलाले गरेका हुन् ।पुरा भिडियो हेरेर प्रतिक्रिया दिनुहोला :