के बलिउड अभिनेत्री कट्रिना कैफ विक्कीबाट गर्भवती भएकै हुन् ?

काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ गर्भवती भएको हल्ला चलिरहेको छ ।

सोही कारणले गर्दा उनी अहिले चर्चामा रहने गरेकी छैनन् । कट्रिना न त करण जोहरको ५० औं जन्मदिनको पार्टीमा देखा परेकी थिइन् न त उनलाई अन्य कुनै पार्टी वा विमानस्थलमा देखिएको थियो ।

यसैबीच, कट्रिना आजकल सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । हालै, इटाइम्सले केही मानिसहरूलाई कट्रिना किन अचानक किन गायब भनेर सोधेको थियो ?

त्यसको जवाफमा, धेरै प्रशंसकहरूले अनुमान गरे कि अभिनेत्री गर्भवती भएकी हुनुपर्छ । फ्यानहरुले उनी र विक्की कौशल छिट्टै पहिलो सन्तानको अभिभावक बन्न लागेको आशंका गरेका हुन् ।

यसैबीच, एक फ्यानले कट्रिनाले आफ्नो गर्भावस्थाको खबर १६ जुलाईमा आफ्नो जन्मदिनमा घोषणा गर्न सक्ने बताए । कट्रिना र विक्कीले गत वर्ष डिसेम्बर ९, २०२१ मा राजस्थानको सिक्स सेन्स फोर्टमा विवाह गरेका थिए ।

दुवै सन् २०१९ देखि एकअर्कालाई डेट गर्दै थिए । कामको कुरा गर्ने हो भने कट्रिना चाँडै सलमान खानसँग फिल्म ‘टाइगर ३’ मा देखिने छिन् ।

यसबाहेक उनी सिद्धान्त चतुर्वेदी र इशान खट्टरसँग ‘फोन भूत’ मा पनि देखिनेछिन् ।

अर्कोतर्फ, विक्की अहिले सारा अली खानसँग आफ्नो आगामी फिल्म ‘प्रोडक्सन नम्बर २५’ को सुटिङमा व्यस्त छन् । यस बाहेक विक्की चाँडै ‘गोविन्द नाम मेरा’, ‘द ग्रेट इन्डियन परिवार’ र निर्देशक लक्ष्मण उतेकरको अर्को नाम नखुलेको एक फिल्ममा देखिनेछन् ।