मृत्यु कुरिरहेकी ‘भर्जिन’ युवतीले कुमारित्व गुमाउने अन्तिम इच्छा साथीलाई पूरा गरिदिन भनेपछि…

इच्छाहरू अनन्त छन् । तपाईको सपना र चाहनाले अरुलाई केही फरक नपर्न सक्छन् तर यदि त्यो इच्छा अन्तिम इच्छा हो भने चाहिँ केही फरक पर्न सक्छ ।

एक व्यक्तिले यस्तो अनौठो परिस्थितिको सामना गर्नुपर्‍यो जसमा उसलाई निर्णय गर्न गाह्रो भयो।

यी व्यक्तिले आफ्नो मृ-त्यु हुन लागेकी साथीको अन्तिम इच्छा कसरी पूरा गरे भन्ने कुरा सामाजिक मञ्चमा सेयर गरेका छन् । यी व्यक्तिकी साथीलाई क्यान्सर थियो। यी महिला कुमारी थिइन् र उनको अन्तिम इच्छा थियो कि उनी मर्नु भन्दा पहिले कोही यस्तो व्यक्तिसँग शा रीरिक स म्बन्ध राख्न चाहन्थिन् जसलाई उनी विश्वास गर्न सकुन् ।

न्युजविकमा प्रकाशित रिपोर्टअनुसार ती व्यक्तिले आफ्नो मृत साथीलाई सझिँदै भने कि उनको बारेमा सोच्नबाट आफूलाई रोक्न सक्दैनन् । उनले भने, ‘उनी ६ वर्षदेखि मेरो साथी थिइन् । उनलाई पहिले पनि क्यान्सर भएको थियो तर उपचार गरेको केही वर्षपछि उनको क्यान्सर फेरि फर्कियो । यस्तो अवस्थामा उनी बारम्बार केमोथेरापी गराउन चाहँदैनथिन् । त्यसैले उनले आफ्नो जीवनका बाँकी दिनहरु खुलेर बिताउन चाहेको बताइन् । उनीसँग धेरै कम साथीहरू थिए र उनी मसँग मात्र धेरै नजिक थिइन्।’