दिल्लीको ग्राण्ड डिजाइनले गगन थापाको गोप्य प्लान चौपट !

काठमाडौँ – नेपालको आन्तरिक राजनीतिमा भारतको प्रत्यक्ष प्रभाव रहने गरेको तथ्य जति लुकाउन खोजेपछि लुक्दैन । दक्षिण छिमेकी भारतसँग नेपालको खुला सीमाना भएकाले पनि होला भारतले पनि अरु छिमेकी भन्दा नेपाललाई प्राथमिकतामा राखेको पाइन्छ ।

नेपालमा परिवर्तनका लागि भएका ठूला ठूला आन्दोलनहरुमा भारतको प्रत्यक्ष भूमिका देखिएकाले पनि यसको प्रभाव कति छ महशुस गर्न सकिन्छ । जनयुद्धमा भारतसँग सुरुङ युद्ध लड्नेदेखि सीमानामा तारबार लगाउनु पर्छ भन्ने प्रचण्ड त्यसैको प्रभावका कारण अहिले उसैको छत्रछायामा हुर्किरहेका छन् ।

भारतले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेपाल आएर कम्युनिस्टहरु मिलाउने प्रयास गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई तुरुन्त बोलाएको छ । उनी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा आज दिउँसो १ बजे तीन दिने भ्रमणका लागि नयाँ दिल्ली जाँदैछन् ।

भारतीय खुुफिया एजेन्सी ‘रअ’ले बनाएको ग्राण्ड डिजाइनमा हस्ताक्षर गर्न प्रचण्ड भारत जान लागेका हुन् । भारतले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले गठबन्धन गरेर आगामी चुनावमा भाग लिएको हेर्न चाहेको छ ।

नेकपा एमालेलाई जतिसक्दो कमजोर बनाउन भारतले आगामी निर्वाचनसम्म गठबन्धन भएको हेर्न चाहेको हो । प्रचण्डले स्थानीय निर्वाचनमा कांग्रसले धोका दिएको, धेरै सीट जितेपछि दम्भ बढेको भन्दै निर्वाचन पछिको शक्ति सन्तुलन मिलाएर मात्र गठबन्धन गर्न चाहेका छन् ।

त्यसका लागि उनले एकीकृत समाजवादीलाई राष्ट्रपति, जनता समाजवादीलाई उपराष्ट्रपति, माओवादी र कांग्रेसले आलोपाले प्रधानमन्त्री, माओवादीलाई सभामुख, राष्ट्रियसभा उपाध्यक्ष, कांग्रेसलाई राष्ट्रियसभा अध्यक्ष र उपसभामुख दिनेगरी भागवडा गरेका छन् ।

प्रचण्डले प्रदेशमा पनि यस्तैखालको समिकरण भए आफू गठबन्धन मान्न तयार भएको बताएपछि भारतले उनलाई छलफलका लागि बोलाएको हो । प्रचण्ड र देउवाबीच आलोपालो प्रभानमन्त्री चलाउने विषयमा सहमति भएको छ । देउवाले श्रीमतीलाई प्रधानमन्त्री बनाउन चाहेकाले आर्जु राणा देउवा र प्रचण्डले आलोपालो प्रधानमन्त्री चलाउने सहमति नजिक पुगेका छन् ।

प्रचण्डलाई यसको विश्वासिला आधार देखाउन आर्जुको डिजाइनमा दिल्ली बोलाइएको हो । आर्जु पनि स्वास्थ्य उपचारको बहानामा दिल्लीमै छन् । उनीहरुबीच कम्यनिस्टहरुबीच एकता नगर्ने, गठबन्धन चुनावपछिसम्म कायम राख्ने, साढे २ बर्ष आलोपालो सरकार चलाउने विषयमा भारतीयहरुको रोहबरमा हस्ताक्षर हुनेछ ।

यो विषयले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रधानमन्त्री बन्ने प्लान चौपट भएको छ । उनले गोप्य रुपमा आगामी प्रतिनिधिसभाको निर्वाचन पश्चात प्रधानमन्त्री बन्ने योजना बनाइरहेका छन् । आर्जुले आफू प्रधानमन्त्री बन्ने भन्दै भारतको समर्थनसहित आए उनको प्लान चौपट हुने पक्का छ ।