प्रधानमन्त्री देउवाले समेत मागे गभर्नरको राजिनामा, सकियो अधिकारिको चुरीफुरी !

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारिको चुरीफुरी सकिने भएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवाले समेत गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेपछि बर्खास्त भएर पुनर्बहाली भएका गभर्नर अधिकारिको चुरीफुरी सकिने भएको हो।

यसअघी माओवादीका सांसदहरुले अधिकारीको राजिनामना माग गर्दै संसदमा नारावाजी गर्दै आएपनि देउवा र उनको पार्टी मौन बसेको थियो तर आज एक्कासी प्रधानमन्त्री समेत रहेका देउवाले उनको राजिनामा माग्दै आफ्ना भात्री सस्थाहरुलाई अधिकारीको बिरुद्धमा उत्रिन निर्देशन गरेपछि अधिकारि थप संकटमा पर्ने निश्चित भैसकेको छ। आजबाट नेपाली काँग्रेसका बिद्यार्थीहरुले पनि अधिकारि बिरुद्ध प्रदर्शन सुरु गरेका छन्।

नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए ।

नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेको अर्थ विभागमा परेका खोटाङका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरेका छन्।

गभर्नर अधिकारी एमालेको अर्थ विभागमा समावेश भएको भन्ने विषयमा सडकदेखि सदनसम्म कुरा उठेपछि उनले एम अधिकारी भनेको गभर्नर नभएको बताएका हुन्।

त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । बैठकमा सहभागी एक नेता भन्छन्, ‘नेताहरुले कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ । राजीनामा दिनु बाहेक के विकल्प हुन्छ र ? भन्नु भएको छ ।’

 

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

Follow Us