उपेन्द्रको अगाडी बाबुरामको भयो झुसिलकिराको हाल, जति लात मारेनी पाउ मोलिरहन बाध्य !

काठमाडौँ – दोस्रो बरियतामा रहेका जनता समाजवादीका नेता बाबुराम भट्टराइको अर्का अद्यक्ष उपेन्द्र यादवको अगाडी झुसिलकिराको हालत भएको छ।

जनता समाजवादी पार्टी (जसपा ) मा केन्द्रीय कार्यकारीणी अध्यक्ष उपेन्द्र यादवको पक्षमा झण्डै दुई तिहाइ बहुमत पुगेपछि पार्टी फुटाएर अलग पार्टी गठन गर्न तम्सिएका बाबुरामको जति लात हानेपनी फर्केर तेही जानु पर्ने बाद्यताले झुसिलाकिराको हालत भएको हो ।

पार्टी फुटाएर अर्को पार्टी गठन गर्न ४०% को थ्रेस होल्ड हुनुपर्ने प्रावधानले गर्दा उपेन्द्रको पक्षमा दुई तिहाई सदस्य भएपछि उपेन्द्रको पाउमा फेरी लेसिनु पर्ने बाद्यता सिर्जना भएको छ।

यसले गर्दा गाउँघरमा भन्ने गरेको एउटा उखानको चरितार्थ भएको छ।

झुसिलाकिरालाई मान्छेले जति तल फालेपनि उसले सासुले लात मारेको महसुस गर्दै जति लात हानेनी सासुको गोडा मोल्न छोड्दिन भन्दै फेरी त्यही आउने गर्छ भन्ने उखान प्रचलनमा छ अहिले उपेन्द्र यादवको अगाडी बाबुराम भट्टराई पनि उही हालत भएको छ।

वीरगन्जमा बुधबारदेखि जारी यादव पक्षको केन्द्रीय समितिको बैठकमा अहिले कायम ४८९ केन्द्रीय सदस्यमध्ये २६७ जना सहभागी भइ हस्ताक्षार समेत गरिसकेका छन् ।

यस्तै, पार्टीका २३ जना संघीय संसदमध्ये १९ जना सहभागी छन् । संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईको पक्षमा भने उनी र महेन्द्र राय गरी दुईजना मात्र छन् । बाँकी दुई सांसद राजकिशोर यादव र अमृता अग्रहरी भने अहिलेसम्म कतै खुलेका छैनन् ।

यस्तै ३२ केन्द्रीय कार्यकारीणी सदस्य मध्ये २३ जना वीरगन्जको जारी बैठकमा सहभागी रहेका केन्द्रीय सदस्य समेत रहेका वन तथा वातावरणमन्त्री प्रदीप यादव बताउँछन् ।

मन्त्री यादव भन्छन्, वीरगन्जमा जारी बैठकमा उपेन्द्र यादव जीको पक्षमा दुई तिहाइ पुगेको देखेपछि बाबुराम जीले हार मानेरै अब अर्को पार्टी खोल्ने निर्णय गरिसक्नु भएको छ ,अब जसपामा उहाको केहि चल्नेवाला छैन । केन्द्रीय कार्य समिति ४९९ भएपनि अहिले कायम संख्या ४८९ मात्रै भएको र ती मध्ये पनि ५० जना जति लोसपालगायत अन्य पार्टीमा लागि सकेकाले अब केन्द्रीय सदस्यको संख्या ४५० को हाराहारीमा मात्रै रहेको यादवले बताए ।

यादवले भने, ४५० मध्ये २६७ जना केन्द्रीय सदस्यले बैठकमा आएर हस्ताक्षर नै गरिसकेका छन् , २३ मध्ये १९ जना सांसद र ३२ मध्ये २३ जना केन्द्रीय कार्यकारिणी सदस्य पनि बैठकमा सहभागी छन्, यो संख्याले उपेन्द्रजीको पक्षमा झण्डै दुई तिहाइ बहुमत रहेको प्रमाणीत नै भइसकेको छ ।

संघीय परिषद अध्यक्ष भट्टराईले अब पार्टी फुटाउने नभइ आफ्ना गुटका दुई चारजनालाई लिएर मात्रै अन्यत्र जान सक्ने अवस्थामा रहेको यादवले बताए ।

वीरगन्जको बैठकमा सहभागी अर्का केन्द्रीय सदस्य जनार्दन यादवले पनि वीरगन्जको बैठकमा सहभागीहरुको संख्याले जसपा अब फुट्ने नभइ विगतको भन्दा अझ सशक्त भएर अगाडि बढ्ने प्रष्ट भएको बताए ।

यादवले भने, हिजोको दिनमा डाक्टर बाबुरामले ४० प्रतिशत हिस्सा लिएर पार्टी एकता गर्नुभएको थियो , आज उहाँको साथमा २० प्रतिशतभन्दा पनि कम केन्द्रीय सदस्य लिएर अर्को पार्टी गठन गर्दै हुनुहुन्छ , यसले जसपालाई घाटा होइन फाइदा नै भएको छ ।ु

डाक्टर भटटराईले विधान विपरित काठमाडौंमा बोलाएको बैठक सहभागी संख्याले नै अवैधानिक पुष्टि गरिसकेकाले भटटराई पक्षमा लागेकाहरुलाई समयमै सचेत हुन आग्रह पनि उनले गरे ।

यादवले भने, समय अझै बाँकी छ , वीरगन्जको बैठक बिहीबार साँझसम्म चल्छ , उता लागेका नेताजीहरुलाई यताको ढोका अझै खुल्ला छ , अन्यथा पछि पश्चताप गर्नु बाहेक केहि हुनेवाला छैन ।

वीरगन्जमा बुधबारदेखि केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्रले बोलाएको बैठकको उद्घाटन सत्रमा पनि बोल्ने नेताहरुले संघीय परिषद् अध्यक्ष भटटराईले विधान विपरित काठमाडौंमा बैठक बोलाएकोले त्यो बैठकको कुनै तुक नभएको बताएका थिए ।

जसपाका वरिष्ठ नेता अशोक राईसहित केन्द्रीय कार्यकारिणी सदस्यहरुले विधान विपरित बैठक बोलाएर पार्टीमा भाँडभैलो मच्चाउन खोज्ने भटटराईसहित उनको बैठकमा सहभागीलाई अनुशासनको कारवाही गर्न अध्यक्ष उपेन्द्रसँग आग्रह पनि गरेका थिए ।

बिहीबार जारी बैठकको बन्द सत्र साँझसम्म चल्ने र बैठकले अन्तिममा विधान विपरित छुट्टै बैठक बोलाउने भटटराईसहितका नेतालाई कारवाहीको निर्णय गर्ने बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।