यो सरकार लद्दू विद्यार्थी हो, यसले अरूलाई पनि बिगार्छ : एमाले सचिव भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारलाई लद्दू विद्यार्थीको संज्ञा दिएका छन् । पार्टीको केन्द्रीय स्वास्थ्य विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले सरकारलाई लद्दू विद्यार्थीको संज्ञा दिँदै यो सरकारले क्लास पनि नचढ्ने, पास पनि नगर्ने र अन्य विद्यार्थीलाई पनि बिगार्ने बताए ।

उनले भने, ‘यो सरकार लद्दू विधार्थी हो । क्लास पनि चढ्दैन, पास पनि गर्दैन । यसले अरू विधार्थीलाई पनि बिगार्छ ।’

एमालेले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारको एक वर्ष बर्बादी मात्र भएको आरोप लगाएको छ ।