सरकार ‘सर’ले चलाउनुहुन्छ कि ‘म्याडम’ले ?

काठमाडौँ — एमाले अध्यक्ष केपी ‌ओलीले सरकार संचालनमा प्रधानमन्त्री भन्दा बाहिरियाहरु हाबी रहेको संकेत गरेका छन् । उनले सरकारको कार्यशैलीप्रति प्रश्न गर्दै जसले चलाए पनि सेटिङ र मुलुकलाई अधोगतिमा लैजानेतर्फ केन्द्रित रहेको उल्लेख गरे ।

सोमबार सम्पादकहरुसँग अन्तरक्रिया गर्दै ओलीले भने- ‘सरकार सर कि म्याडमले चलाउनु हुन्छ ? दिदीले चलाउनुहुन्छ कि भाईले चलाउनुहुन्छ ? जसले चलाए पनि चलाएको त यही होला नि !’

उनले नेपालको राजनीतिलाई स्थिरतातर्फ होइन अस्थिरतातर्फ धकेल्ने अस्वस्थ्य खेल भएको र त्यसकै परिणाम अहिले भोग्नुपरिरहेको उल्लेख गरे । उनले सरकारका कामकारबाहीले गर्दा अहिले ठूलो विकृत्ति बढेको उल्लेख गरे । विकृत्तिको उनले बजेटमा बाहिरिया व्यक्ति प्रयोग गर्ने लगायतका उदाहरण दिए ।