आपतै परेपछि बालेनले लगाए जुक्ति, सबैलाई चकित पार्दै गरे अर्को निर्णय

काठमाडौं – चर्को विरोध भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मुख खोलेका छन् । ¥यापर एमबुद्धको सालिक बनाउन बजेट विनियोजन गरेपछि उनको चर्को आलोचना भएको थियो ।

आलोचना भएपछि बालेनले आफ्नो तलबबाट र्‍यापर यम बुद्धको सालिक बनाउने बताएका छन् । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्।

उनले भनेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईहरुको दिन शुभ रहोस्।’ यसअघि मेयर शाहले १५ लाख रुपैंया बजेट विनियोजन गरेका थिए। मेयर शाहले सालिक बनाउनकै लागि बजेट विनियोजन गरेको भन्दै चर्को आलोचना भएको थियो।

विरोधपछि महानगरको बजेटमार्फत् सालिक बनाउने निर्णयबाट पछि हटेका हुन्।