जापानी प्रधानमन्त्रीलाई गोली हान्ने व्यक्ति समातिएपछि खुले यस्ता रहस्यहरु

काठमाडौं ।

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि एक्कासी गोली प्रहार भए लगत्तै उनी ढल्न पुगेका छन् ।

उनी ढले लगत्तै प्रहरीले ४१ वर्षका संदिग्ध हमलाकर्तालाई पक्राउ गरेर नाराको निशी प्रहरी स्टेशनमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी हिस्सा नारामा एक सडकमा भाषण दिइरहेका बेला गोली प्रहार गरे लगत्तै न तेत्सुया यामागामी भाग्न खोजेका थिए । तर प्रहरीले उनलार्य नियन्त्रणमा लिएर अनुसन्धान गर्दै उनी नारा सिटीकै बासिन्दा भएको पत्ता लगाएको छ ।

लिबरल डेमोक्रेटिक पार्टीले आबेलाई पछाडिबाट गोली हानिएको जानकारी दिएको थियो । पहिलो गोली मिस भएपनि दोस्रो गोली भने उनलाई लागेको खबरमा उल्लेख छ । आबे गोली लागे लगत्तै ढलेर बेहोस भएका छन् ।

समाचार एजेन्सी एनएचकेका अनुसार आबेलाई पछाडिबाट गोली लागेको थियो र भाषण गर्दागर्दै ढलेका थिए ।

उनलाई रगताम्मे अवस्थामा देखिएको थियो । टोकियोका पूर्व गभर्नर योइची मासुजोएले एक ट्वीटमा आबे ‘कार्डियोपल्मोनरी अरेस्ट’ को अवस्थामा रहेको बताएका छन् ।