निजी बिद्यालयको दादागिरी बढ्यो, समयमा फि नबुझाएको र भर्ना नगरेको भन्दै छानी छानी बिद्यार्थी निकाल्न थाल्यो

सुर्खेत : सुर्खेतको आदर्शराज सेकेन्डरी स्कुलले कक्षा १२ का २५ जना विद्यार्थी भर्ना शुल्क नतिरेको भन्दै कक्षाबाटै निकालिएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाको मंगलगढी चोकमा रहेको आदर्शराज सेकेन्डरी स्कुलले समयमै भर्ना शुल्क नबुझाएको आरोप लगाउँदै उनीहरूलाई आज बिहानबाट कक्षाबाटै निकालिएको हो ।

व्यबस्थापन संकायअन्तर्गत कक्षा ११ बाट पास भएर ४५ विद्यार्थी कक्षा १२ मा अध्ययनरत् थिए । तीमध्ये २० जनाले मात्र रकम बुझाएको बाँकी २५ जनाले फि तिरेका थिएनन् । र्ना शुल्क बुझाउने तयारी गरिरहँदा विद्यालयले यस्तो व्यबहार गरेको हो ।

फिस लिएर आउन भनेपनि अटेर गरेकाले विद्यार्थीलाई निकालिएको विद्यालयका भाइस प्रिन्सिपल रमेश बस्नेतले स्विकारेका छन् । विद्यार्थीका अभिभाबकले भने विद्यालयले अपमानजनक व्यबहार गरेको दादागिरी गरेको बताए ।