यी हुन जनार्दनको मन्त्री पद चैट पारिदिने दुई पत्रकार

काठमाडौं। दबाब बढेसँगै जनार्दन शर्माले बुधवार अर्थमन्त्री पदबाट राजीनामा दिन बाध्य भए। अर्थमन्त्रीको बागडोर सम्हालेका शर्माले बजेट निर्माणमै अर्बौं रुपैया घोटाला गरेको र देशको ढुकुटीमा लुटपाट मच्चाएको तथ्य दुई पत्रकारले बाहिर ल्याएपछि त्यस्को ठीक २३ दिनपछि पद छाडन बाध्य भएका हुन्।

अन्नपुर्ण पोष्टमा कार्यरत पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापाले अर्थमन्त्री शर्माले मध्यराती कसरी बिचौलियाको प्रवेश गराए ? भन्ने तथ्य सहितको समाचार प्रकाशित गरेका थिए । जेठ ३० गते काफ्ले र थापाले मन्त्री शर्माको बदमासी भण्डाफोर गरे पनि २३ दिन पदमा टाँसिन सके पनि छाड्न बाध्य हुनुपरेको छ ।\

पत्रकार काफ्लेले नेपालको नक्साको बिषयमा पनि काफी अनुसन्धान गरी समाचार प्रस्तुत गरेका थिए । काफ्ले बिगत २५ बर्षदेखि पत्रकारितामा संलग्न छन्। खोज पत्रकार काफ्ले प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्षसमेत हुन्। यस्तै पत्रकार थापा १० बर्षदेखि सक्रिय रुपमा खोज पत्रकारिता गर्दै आएकी छिन्।