जनार्दन शर्माद्वारा ओली सरकारको पालामा भएका गतिविधिको भण्डाफोर गर्ने चेतावनी

काठमाडौं, २२ असार । अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माले नेकपा एमाले नेतृत्वको सरकारको पालामा आर्थिक क्षेत्रमा भएका कतिपय गलत गतिविधिको भण्डाफोर गर्ने चेतावनी दिएका छन् । उनले ती विषयहरु कुनै पनि समयमा प्रष्ट पार्ने बताए ।

‘मलाई सैन्य नेतृत्वले जस्तो दोष लगाएर फरमान जारी गर्ने,’ आज प्रतिनिधि सभाको बैठकमा एमालेतर्फ इंकित गर्दै शर्माले भने, ‘उपयुक्त समयमा विगतको विषय प्रष्ट पार्नेछु ।’ उनले कोरोना कालमा घोटाला भएको र जनताको दैनिक उपभोग्य सामाग्रीमा समेत कर बढाइएको विगत औल्याए ।

आफूले छानविनका लागि मात्र राजीनामा दिएको शर्माको भनाई थियो । हजारौं छानविनका लागि आफू तयार हुने उनको भनाई थियो ।