युवतीलाई ‘सेक्स पोजिसन’ सोध्ने युट्युवर पक्राउ

काठमाडौं । युट्युवमार्फत अश्लिलता फैलाएको आरोपमा प्रहरीले युट्युवर प्रवेश लामालाई पक्राउ गरेको छ ।

युट्वुठ च्यानलमा अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई युट्युव र सामाजिक सञ्चालमा रखेको भन्दै नेपाल प्रहरीको साइबर व्युरोले युट्युवर लामालाई पक्राउ गरेको हो ।

नुवाकोटको बेलकोटगढी गाउँपालिका वडा नम्बर ७ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध बस्ने २२ वर्षीय युट्युवर लामालाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम प्रहरीले पक्राउ गरेको हो ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक अहिले विहान ११ बजे बस्दै छ । प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केन्द्रीय सदस्यले उठाएको जवाफ दिनुका साथै पदाधिकारी प्रस्ताव गर्ने बताएको छ ।

गत बुधबार बैठक बस्ने भनिएपनि संसद बैठक लम्बिएकाले अन्तिम समयमा स्थगित भएको थियो । आज भने निर्धारित समय विहान ११ बजे नै बैठक बस्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए । आजको बैठकबाटै पोलिटब्यूरो,स्थायी समिति र पदाधिकारी टुंगो लाग्न सक्ने ढकालले बताए ।

बैठकमा प्रचण्डले आफ्नो तर्फबाट जवाफ दिएपछि पदाधिकारी समेत पेश गर्ने तयारी रहेको पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले पनि बताए । ‘यसअघि बैठकमा पोलिटब्यूरो , स्थायी समिति र पदाधिकारी घोषणा गर्ने भनेर बैठकबाट उठेका थियौ’ रातोपाटीसँग कुरा गर्दै गजुरेलले भने,‘आज बैठकमा सबै कमिटी सहित पदाधिकारी अध्यक्षले प्रस्ताव गर्नु हुने छ ।’ महाधिवेशन भएको ६ महिना पुगी सकेकाले पदाधिकारी घोषणा गर्न ढिला गर्न नहुने गजुरेलले बताए ।

तर, अर्का एक पूर्व स्थायी समितिले अध्यक्षले पोलिटब्यूरो र स्थायी समिति मात्रै घोषणा भई पदाधिकारी पछि टुंगो लाग्न सक्ने आकलन गरे । ‘पोलिटब्यूरो र स्थायी समिति बनाउन कुनै समस्या छैन । ति सबै कमिटीमा बस्ने नेताको नाम प्रस्ताव हुन सक्छ’ ति नेताले भने,‘पदाधिकारी प्रदेश र संघको चुनावपछि घोषणा हुन सक्छ । वरिष्ठ उपाध्यक्ष र महासचिवमा धेरै दाबेदार देखिए । त्यसैले पनि सर्वसम्मत नहुने भएपछि प्रदेश र सघंको चुनावपछि जान सक्छ ।’

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, मातृका यादव र कृष्णबहादुर महराले दाबी छ । महासचिवमा भने जनार्दन शर्मा र वर्षमान पुनको दाबी छ । पदाधिकारीमा एक आपसमा दाबी गर्नेको संख्या धेरै भएपछि सर्वसम्मत नहुँदा चुनाव गर्ने अवस्थामा प्रदेश र संघको चुनावपछि धकेलिन सक्ने नेताहरुको आकलन छ ।