के नयाँ अर्थमन्त्रीको रुपमा प्रचण्डले आफ्नो छोरीलाई ल्याउन खोजेका हुन् त् ?

काठमाडौं – यतिबेला चौतर्फी आलोचना भएपछी जनार्दन शर्माले अर्थमन्त्रीबाट राजिनामा दिएका छन्। अर्थमन्त्री शर्माको राजिनामा संगै यतिबेला नेपाली राजनीति निकै तरंगित भएका छ।  अबको अर्थमन्त्री  को हुने हो भन्ने एउटा जिज्ञासा सबैतिर छाएको छ।  यस्तै बिच प्रचण्डकी पुत्री गङ्गा दाहालको पनि चर्चा चलिरहेको छ। सामाजिक संजालमा यो चर्चा कहाँबाट चर्न थाल्यो भने जब राजेश अहिराजले आफ्नो सामाजिक संजालमा एउटा पोस्ट गरे।  त्यो पुस्ताले गर्दा प्रचण्डकी पुत्री नै कतै अर्थमन्त्री बन्ने त होइन भन्ने प्रश्न जताततै छेल्को छ।

मधेश बिश्लेषक तथा मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजले आज यस्तो प्रस्ताव गर्नुभएको छ । अहिराजले प्रचण्डलाइृ ब्यंग्य गर्दै लेख्नुभएको छ, ‘ गंगा दाहाललाई तत्काल अर्थमन्त्री बनाउन हार्दिक आग्रह।

पार्टी सचिवालय सम्हाल्दै केन्द्रीय सदस्य बनेकी तर मन्त्री बन्न नपाएर महिला हिंसा र विभेदको अनुभुति गर्दै बसेकी.. छोरीलाई अर्थमन्त्री बनाऊ । मौका यही हो। छोरीहरुबीच विभेद नगरुम कमरेड पाप लाग्छ। प्लिज कमरेड ।’

यो एउटा व्यंग्य मात्रै हो कि सत्यता हो त्यो भने पुष्टी हुन् सकेको छैन तर शर्मालाई पुन: अर्थमन्त्री बनाउन माओवादी केन्द्रका सम्पूर्ण नेताहरु लागि परेका छन्।

बर्षमान पुनले पनि शर्मालाई यतिबेला सहयोग गरिरहेका छन्। महासचिवको दुई बिच मतभेद रहेको कुरा बाहिरी पनि यतिबेला पुनले शर्मा नै पुन: अर्थमन्त्रीको रुपमा आउने कुरामा विश्वास दिलाएका छन्।