किन डराए प्रचण्ड ?

काठमाडौं २१ असार ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले पदाधिकारी चयन सहमतिका आधारमा गर्न प्रस्ताव राखेका छन् ।

मंगलबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले बहुमत सदस्यले पदाधिकारी समेत टुंग्याउनुपर्ने मत राखेपछि आफूले नाम प्रस्ताव गर्ने र त्यसमा सहमति नभए मतदानमा भने जान नहुने शर्त राखेको बैठकमा सहभागी एक नेता ।जानकारी दिएका छन् ।

पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो समिति लगायतका पार्टीका संरचना बनाउनेबारे छलफल गर्न गर्न आज मैगलबार बिहान केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो ।

पूर्व स्थायी समिति सदस्य गणेश साहले बैठकमा पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको जानकारी समेत गराएका छन् । पार्टीको केन्द्रीय समितिको जारी बैठक भोलि दिउँसो १ बस्ने भएको छ ।