माधव नेपालको पछि लागेर एमाले छोड्न मेरो जिन्दगीको पहिलो भूल भयो: रामकुमारी झाँक्री

मन्त्रालयको बिदाई कार्यक्रमबाट रुँदै बाहिरिएकी निवर्तमान मन्त्री झाँक्रीले पत्रकार ऋषि धमलाको कार्यक्रममा आफूले ६ महिनाको लागि मात्रै मन्त्री बन्छु भनेर पार्टी अध्यक्ष माधवकुमार नेपालसँग सही छाप गरेर मन्त्री नबनेको बताएकी थिइन् ।

मन्त्रीबाट राजीनामा दिएलगत्तै प्राइम टिभीको चर्चित कार्यक्रम जनता जान्न चाहन्छनको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन्। उनले समाजवादी पार्टीकै कारण आफू मन्त्री बनेको पनि स्मरण गरिन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबारे भने उनले मन्त्री हुँदा टिकाटिप्पणी वा आलोचना नगरेको स्मरण गराउँदै अहिलेपनि उत्तिकै सम्मान रहेको बताइन्। झाँक्रीले आफू भावुक प्रकृतिको व्यक्ति भएकोले आँशु रोक्न नसक्ने बताउँदै यो आफ्नो कमजोरी भएकोले अब ४० वर्ष काटिसकेकोले यो कमजोरी सुध्रिने सम्भावना नरहेको उनको भनाई छ ।

‘हामीलाई किन हटाउनु भयो, हामीले राम्रै काम गरिरहेका थियौ, फोहोर ब्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भईरहेको थियो, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ । अन्य काम पनि भईरहेका थिए,’ नेपाल समक्ष मन्त्री झाँक्रीले आक्रोशित हुँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य बराबर हुनुभयो ।’

यो पनि पढ्नुहोस
लमजुङको पहिरोले मनाङ यात्रा सकस
मनाङ, २१ असार (रासस) :हिमाली जिल्ला मनाङको यात्रा सकस बनेको छ । अविरल वर्षापछि बेसीँसहर–चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकस बनेको छ । अधिकांश स्थानमा वर्षा लागेपछि सडक ठाउँ–ठाउँमा पहिराका कारण अवरुद्ध हुँदै आउने गर्दछ । सडक सञ्जालले जोडिएको १० वर्षसम्म पनि यस सडकको सहज यात्रा गर्न सक्ने अवस्था छैन ।

ठेकेदार कम्पनीले सडकलाई व्यवस्थित बनाउन नसक्दा मनाङ आवतजावत मात्र नभई विकास निर्माणमा समेत असर परेको छ । सोही मार्गमार्फत जिल्लामा खाद्यान्न, पूर्वाधार विकासका सामग्री ढुवानी हुने गर्दछ । समय–समयमा पहिरा खस्दा आवतजावत नै बन्द हुने गरेको छ ।

केही समययतादेखि वर्षाका कारण लमजुङको बेँसीसहर नगरपालिकास्थित खरखरे, मस्र्याङ्दी गाउँपालिकास्थित अर्खले, च्याम्चे, स्याङगे, सिरचौरलगायतका ठाउँमा पहिराका कारण सवारी आवगमनमा समस्या भएको छ । मनाङवासीले यही मार्ग हुँदै खाद्यान्नलगायत विकास निर्माणका लागि पूर्वाधारका सामग्री ओसरपसार गर्नुपर्ने हुन्छ । समयमा सामग्री पु¥याउन नसक्दा विकास निर्माणका काममा ढिलाइ हुने ठेकेदार कम्पनी क्याराभान कन्सल्टेन्सीका सबइञ्जीनियर नारायण लामाले बताउनुभयो । प्राकृतिक विपद्ले मनाङको विकास र पुनःनिर्माणको काम पाए पनि बाढपहिरो र हिमपातले गर्दा समयमा पूरा गर्न नसकिएको उहाँ बताउनुहुन्छ ।