प्रचण्डको प्रतिवेदन : बाध्यात्मक रूपमा एमसीसी पारित गरेपनि एसपीपी भने रोक्न सफल भयौं

काठमाडौं १९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपीपी सम्झौतामार्फत नेपाललाई आइपिएसको अंग बनाउने प्रयास आफ्नो विशेष पहलका कारण रोकिएको बताएका छन् ।

एमसीसी अनुमोदन गर्नु बाध्यता भएको बताएका प्रचण्डले एसपीपीमा नेपाललाई लैजाने प्रयास भने आफूहरुले विफल पारेको दाबी गरेका हुन् ।

आज आइतबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत् गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

एसपीपी सम्झौता सम्बन्धी पार्टीको पहलका कारण देशभित्र र बाहिर सकारात्मक सन्देश प्रवाहित भएको प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रचण्डले प्रतिवेदनमा भनेका छन्– ‘एउटा विशिष्ट परिस्थितिमा १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको बाध्यतापछि एसपीपी सम्झौतामार्फत नेपाललाई आइपिएसको अंग बनाउने प्रयास हाम्रो विशेष पहल समेतका कारण असफल पारिएको छ ।’