एमालेमा बिमला वलीपछि अर्का यी एउटै पार्टीका सांसद र नेतृले के गरे यस्तो ?

दाङ : एमालेमा पछिल्लो समय नेताहरुको नराम्रो हर्कत बाहिर आउन थालेको छ ।

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री तथा एमाले नेतृ बिमला वलीको प्रकरण सेलाउन नपाउँदै सल्यानका प्रदेश सांसद गुलाबजंग शाहको पार्टीकै एक जिल्ला नेतृ टिका वलीको अन्तरंग सम्बन्ध झल्किने टिकटक भिडिओ सार्वजनिक भएको छ ।

सार्वजनिक टिकटक भिडिओमा एउटै ओछ्यानमा गाला जोडेर सुतेको देखिन्छ । वलीले गुलाबजंगको गाला पनि सुम्सुम्याएकी छन् ।

मायाजाल बुन्छु म’ बोलको गीतमा शाह र गुलाबजंगले अभिनय गरेका छिन् । टिका वलीको टिकटक अकाउन्ट @tikaoli035 छ बाट यो भिडिओ अपलोड भएको भिडियो केही बेरमै हटाइएको थियो ।

यता शाहले उक्त भिडियो फेक भएको बताएका छन् । चुनाव नजिकिँदै गएपछि आफ्नो चरित्र ह त्या गर्न त्यस्तो भिडिओ बनाइएको शाहको दाबी छ ।

भिडिओ पोष्ट गर्ने एमाले सल्यानकी जिल्ला कमिटी सदस्य वलीले भने चुनावपछि टिकटक नै नचलाएको र त्यस्तो भिडिओ कसरी पोस्ट भयो आफुलाई थाहा नभएको बताएकी छन् ।

मंसिरमा चुनाव आएकाले प्रोपोगण्डा गरिएको उनले बताइन् । रोमान्टिक भिडिओ हटाइएको भए पनि वलीको अकाउन्टमा गुलाबजंगसँगको तस्बिर अहिले पनि छ ।