मेयर बालेन शाह माथी प्रश्न नै प्रश्न, के जवाफ दिनसक्छन् त बालेनले ?

चुनावी अभियानका क्रममा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र ९बालेन० साहले ‘बलिदान’ शीर्षकको र्‍याप सबैभन्दा धेरै प्रयोग गरे, जसमा चर्चित गीत ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन‘’ कोरसका रुपमा थियो ।

‘‘यो राज्यको राजाहरुमा राजयोग नै छैन, यो रामराज्य हैन ।। भन्दै राजनीतिक नेतृत्वमाथि व्यंग्य गरेको गीतका कारण पनि बालेनले धेरैको मन जिते । नेकपा एमाले र नेपाली कांग्रेस जस्ता ठूला दलका उम्मेदवारलाई पराजित गर्दै बालेन मेयर पनि चुनिए ।

तर बालेन मेयर भएको महानगरको नगर प्रहरीले शुक्रबार महाराजगञ्ज क्षेत्रमा ठेलामा मकै बेच्दै गरेकी महिलामाथि गरेको ज्यादतीले बोलनमाथि नै प्रश्न उठाएको छ ।

समाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सडक किनारमा मकै बेचिरहेकी महिलामाथि नगर प्रहरी जाइलागेको देखिन्छ । ‘फुटपाथ र सडक अतिक्रमण गरेर व्यापार गर्न नपाइने’ महानगरको नियमको पालना गराउन भन्दै नगर प्रहरीले बेचिरहेको हरियो मकैसहित ठेला उठाएर गाडीमा हाल्न खोज्छन् । उनी नगरप्रहरीको अघि हात जोड्छिन्, विन्ती गर्छन्, नलगिदिन हार गुहार गर्छन् । तर, लछारपछार गर्दै नगर प्रहरीले ठेला गाडीमा हाल्छन्, आधा मकै सडकमा असरल्ल खस्छन् ।

अर्क एक पुरुष गाडा र मकै छुटाउन गाडीको पछाडी पछाडी दौडिन्छन् । तर नगर प्रहरी एउटै ठूलो अपराधीलाई समातेको झै‌ँ गरेर ठेला गाडीमा हालेर जान्छन् ।

काठमाडौंको सडक पेटीमा नगर प्रहरी निमुखा नागरिकमाथि जाइलागेको यो पहिलो पटक होइन । महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा स्वयम् यस्ता घटना दिनहुँ हुने बताउँछन् । ‘यस्तो घटना त दैनिक हुन्छन् । हामीले पटक(पटक ठेलागाडा नराख्न भनेका छौं । फुटपाथ र सडकमा नराख्नू भनेको ठाउँमा ठेला राखेपछि जफत हुने कुरा सामान्य हो,’ सापकोटाले भने ।

यसरी निमुखामाथि जाइलाग्ने काम मेयर बालेनको निर्देशनमा भएको पनि होइन होला । तर यस्तो गल्ती नगर्ने बाचा गरेर जनमत बटुलेर बालेन मेयर भएको महानगरको नगर प्रहरीको व्यवहार नसुध्रिएका कारण उनीमाथि धेरैले प्रश्न उठाएका छन् ।

समाजशास्त्री दीपेश घिमिरे भन्छन्, ‘यस्तो भइरहेको छ भन्ने महानगरको नेतृत्वलाई थाहा नहुन सक्छ । तर नेतृत्वले तलका कर्मचारीले गर्ने कामको जस अपसज बोक्नुपर्छ, जवाफदेही हुनुपर्छ ।’

उनी यो घटना मात्र होइन, सडकमा पोलेको मकै र चटपटे पनि बेच्न नपाइने भनेर निकालिएको सूचनामै प्रश्न गर्छन् । ‘युरोप र अमेरिकामै पनि सडकमा गुजाराका लागि क्युरियो, उपभोग्य सामान, चकलेटलागयत खाद्यवस्तुहरु बेच्न रोकिंदैन,’ उनी भन्छन्, ‘हामी कहाँ पनि यस्ता व्यापारलाई निषेध गर्ने होइन, व्यवस्थित गर्ने हो । बन्द गर्ने होइन, गुणस्तरीय कुरा बेच्न लगाउने हो ।’

सटर भाडामा लिएर गुजारा गर्न नसक्ने भुईं मान्छेहरुमाथि महानगरको वर्वरतालाई समर्थन गर्नै नसकिने बताउँछन् ।

घिमिरेका अनुसार सडक र फुटपाथमा व्यापार गर्नेहरुलाई उनीहरुको बाध्यताका हिसावले मात्रै व्याख्या गर्न हुँदैन । ‘शहरमा त्यस्ता विपन्न र निम्नमध्यम र मध्यम वर्गका परिवार धेरै छन्, जो फुटपाथ सस्तोमा पाइने मालसमान र खाद्यवस्तु किन्छन्,’ उनी भन्छन्, ‘रेस्टुरेन्टमा गएर मःम खान नसक्नेले ठेलाका बोता र टपरीमा बेचिने र मिठो मःम खान किन नपाउने रु’

फुटपाथमा व्यापार गर्नेहरुलाई व्यवस्थित गर्न समय र स्थान तोक्ने जस्ता उपाय अपनाउन सकिने उनको सुझाव छ । उनी भन्छन्, ‘तर आफूले गर्नुपर्ने काम नगरी काम गरि खानेहरुमाथि अत्याचार गरिनु सर्वथा गलत छ ।’

शहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा पनि निश्चित ठाउँ र समय तोकेर यस्तो व्यापारलाई व्यवस्थापन गर्नुपर्ने बताउँछन् । ‘हाम्रो जस्तो अल्पविकसित मुलुकमा ठूलो संख्याको दैनिक जीविकासँग जोडिएको यस्तो अनौपचारिक व्यापारलाई एकैपटक निषेध गर्न सम्भव हुन्न,’ उनी भन्छन्, ‘यसलाई व्यवस्थापन गर्न महानगरले निश्चित स्थान र समय तोकेर त्यसमा कडाइ गर्ने नीति लिनुपर्छ ।’

ठेलागाडा र फुटपाथमा व्यापार गर्नेहरुमाथि दैनिकजसो नगर प्रहरी लगाएर हस्तक्षेप गरिरहने महानगरले अहिलेसम्म त्यसलाई व्यवस्थित गर्ने योजना ल्याएको छैन ।

‘भोकरहित जनता, शोकरहित महानगर’ नाराका साथ २०७४ मा निर्वाचित भएका मेयर विद्यासुन्दर शाक्यले २०७७ चैतपछिको कोराना कालमा विपन्न तथा गरिखानेलाई स्वयंसेवीहरुले खुलामञ्चमा दिएको निःशुल्क खाना समेत खान दिएका थिएनन् । उनले खाना खाने र खुवाउनेहरुमाथि नै नगर प्रहरी लगाए पछि आलोचना खेप्नु परेको थियो ।

तर, नयाँ नेतृत्व आएपछि महानगर विपन्न वर्गमाथि संवेदशील बन्ने धेरैको अपेक्षा छ ।