माओवादीले आफ्नै कार्यकर्ता किन्नुपर्ने अवस्था आयो – प्रचण्ड

काठमाडौँ –कमलादीस्थित प्रज्ञा भवन आज बसेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय बैठकमा प्रचण्डले आफ्नो कार्यकर्ता र नेता प्रति असन्तुष्टी व्ताक्त गरेका छन्। यो स्थानीय निर्वाचनामा देखिएको केही कमीकमजोरी माथी टिप्पणी गरेका छन्।

अब आउने प्रदेश र संघको निर्वाचनमा यस्तो कमीकम्जोरी नोदोर्याउको लागि प्रचण्डले आग्रह गरेका छन्।

“माओवादीले आफ्नै कार्यकर्ता किन्नुपर्ने अवस्था आयो,” उनले भने, “केन्द्रीय कमिटी नै परिचालन हुन नसक्ने अवस्थामा छ । लथालिंग अवस्थामा छ । सहरमा बसेर खाका बनाएका आधारमा चुनाव जित्दैनौं । माओवादीले माओवादी नै किन्नुपर्ने अवस्था आएपछि कसरी चुनाव जित्छौं ?”