सलमानलाई चुम्बन गरेर ट्रोल बने पछि शहनाजले ट्रोलरलाई दिइन् यस्तो जवाफ

काठमाडौं :

‘बग बोस–१३’ की पूर्व प्रतियोगी शहनाज गिल आफ्नो व्यक्तिगत जीवनका कारण निकै चर्चामा रहने गरेकी छन् । यसो त सिद्धार्थ शुक्लाकी प्रेमिकाको रुपमा चिनिएर बढी पहिचान बनाएकी उनले अब छिट्टै सलमान खानको फिल्म ‘कभी ईद कभी दिवाली’ बाट बलिउडमा डेब्यू गर्दैछन् ।

सलमासँग पछिल्लो समय नजिकिएकी सलमानलाई चुम्बन गरेपछि ट्रोलो सिकार बनेकी थिइन् । सलमान खानकी बहिनी अर्पिताको ईद पार्टीमा पुगेका बेला खानलाई अँगालो हालेर चुम्बन गरेकी थिइन् । त्यसपछि शहनाज गिलले ट्रोलर्सको सामना गर्नु परेको थियो ।

अहिले आएर उनले ट्रोलर्समाथि आफ्नो प्रतिक्रिया दिएकी छिन् । टाइम्स अफ इन्डियालाई अन्र्तवार्ता दिँदै उनले भनेकी छन्, ‘सोसल मिडियामा चर्चित हुनुको अर्थ हो कि तपाईले धेरै माया पाउनुहुनेछ, तर यसको साथमा धेरै ट्रोलिङ पनि आउँछ ।

यो वास्तविकता हो र हरेक सेलिब्रेटीले यसको सामना गरिरहेका छन् । हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ । अब कुन कुरामा बढी ध्यान दिने भन्ने कुरा तपाईमा भर पर्छ ।’ जनताले मलाई कति माया दिन्छन् रु अन्य सबै नकारात्मकतालाई छाया गर्न यो पर्याप्त छ, त्यसैले मैले किन नकारात्मक पक्षलाई हेर्ने ?’