ज्ञानेन्द्र शाहीका कारण राजेन्द्र लिंदेनको अध्यक्ष पद धरापमा !

काठमाडौँ – पूर्वपंचहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा किचलो सुरु भएको छ । कमल थापालाई सानदार रुपले हराएर राप्रपाको अध्यक्षमा उदाएका राजेद्र लिंदेन पछिल्लो समय दबावमा पर्दै गएका छन् ।राप्रपाको आन्तरिक विवाद छरपस्टै हुन थालेको छ । केहि दिन अघि मात्रै बाहिरिएको एउटा गोप्य म्यासेजले त भित्र भित्रै कस्तो सम्मको खिचडी पाकिरहेको रहेछ भन्ने सहजै अनुमान लगाउँन सकिन्छ । एक नेतृले अर्कैलाई भनेर पठाएको म्यासेज लिंदेनकी श्रीमतीको मोवाइलमा गए पछि राप्रपामा ठूलै भुकम्प जान लागेको खबर बाहिरिएको छ ।

कमल थापालाई पछारेर अध्यक्ष बने पछि निकै ठूलो जोश र उत्साहका साथ काम गरिरहेका लिंदेनलाई राप्रपाको अध्यक्षबाटै हटाउँने सम्मको खेलमा ठूलै टिम हात धोएर लागेको बताइएको छ । लिंदेनका विरुद्ध पूर्व अध्यक्ष पशुपती शमशेर जबरा हातै धोएर लागेको बताइन्छ । अर्का पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनी पनि अब लिंदेनबाट काम हुँदैन भन्नेमा करिब करिब निष्कर्षमा पुगेको बताइन्छ ।पशुपती शमशेर जसरी लोहनी उग्र रुपमा नलागे पनि लिंदेनले भाइरलेहरुको पछि लागेर राप्रपाको गरिमाालाई कायम राख्न नसकेको भन्नेमा पुगेको लोहनी निकट स्रोतले ओटिभी नेपाल डटकमलाई जानकारी दिएको छ ।

केहि दिन यता दुई जना विभागीय प्रमुखहरुलेनै साधारण सदस्य समेत नरहने गरि राप्रपाबाट राजिनामा दिएका छन् । सामाजिक विभाग प्रमुख ज्वाला संग्रौला र खेलकुद विभाग प्रमुख दमन बस्नेतले राजिनामा दिएका छन् । केहि घण्टाको अन्तरालमा दुई विभागिय प्रमुखले राजिनामा दिए पछि लिंदेन थप दबावमा परेका छन् ।

लिंदेनकी श्रीमतीको मोवाइलमा आएको म्यासेज लिंदेन आफैँले नदेखेको भए आज सम्म राप्रपामा अर्को ठूलो भूकम्प गइसक्ने कतिपयले अनुमान गरेका छन् । तत्कालका लागी लिंदेनले एक्सन लिएर सम्भावित ठूलो क्षतिलाई बचाए पनि फेरी कुनै पनि बेला अर्को पहिरो जान सक्ने अनुमान गरिएको छ ।

पशुपती शमशेर समूहले लिंदेन माथी भाइरलेहरुलाई धेरै भाउ दिएको र राप्रपालाई पार्टी जस्तो भन्दा पनि अभियान जस्तो बनाएको आरोप लगाएको छ । सामाजिक अभियान्ता भन्दै समाजिक संजालमा रहेका ज्ञानेन्द्र शाही देखी ज्वाला संग्रौला सम्मलाई नेता बनाएर ठूलो स्पेश दिए पछि राप्रपाका पुराना नेताहरु लिंदेनसँग फायर भएका छन् ।

पशुपती शमशेर राणाले ज्ञानेन्द्र शाही र ज्वाला संग्रौला दुवै जनालाई राप्रपामा प्रवेश नगराउँन लिंदेनलाई भनेको बताइएको छ तर लिंदेनले भने पार्टी प्रवेश मात्रै गराएनन् शाहीलाई प्रवक्तानै बनाए भने संग्रौलालाई सामाजिक विभाग प्रमुख बनाए । अहिले संग्रौला भने विभागीय प्रमुख मात्रै होइन साधारण सदस्य समेत नरहने गरी राप्रपाबाट बाहिरिएकी छिन् ।

रवि लामिछानेले पार्टी खोलेको केहि समय पछिनै सग्रौलाले राप्रपा छोडे पछि कतिपयले उनी रविकै पार्टीमा जान लागेको अनुमान पनि गरेका छन्। विभागीय प्रमुख भएको ६ महिना पनि नपुग्दै सग्रौला बाहिरिए पछि। यहि कुरालार्ई मसला बनाएर राणा र लोहनीहरुले लिंदेनसँग हिसाब किताब गर्ने तयारी गरेको खबर छ ।

विशेष महाधिवेशननै माग गरेर लिंदेनलाई अध्यक्षबाट बिदा गर्ने सम्मको रोडम्याप बनाएर ठूलै समूह लिंदेन विरुद्ध परिचालित भएको बताइन्छ । ज्ञानेन्द्र शाही र ज्वाला स्रगौलाहरुलाई आवश्यकता भन्दा बढि महत्व दिएर नेता बनाएको परिणाम लिंदेनलाई महंगो पर्ने विश्लेषण सुरु भएको छ ।