मन्त्रीबाट हटेपछि रामकुमारी झाँक्री टिकटक लाइभमा व्यस्त !

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री सामाजिक सञ्जाल टिकटकमा देखिन थालेकी छिन् । असार १२ गते शहरी विकासमन्त्री बाट राजीनामा दिएसँगै नेतृ झाँक्री टिकटकमा देखिन थालेकी हुन् ।मन्त्री हुनुअघि टिकटकमा धेरै व्यस्त भएको भन्दै उनको आलोचना र चर्चा हुने गरेको थियो । तर गत असोजमा मन्त्री भएसँगै उनी टिकटकमा देखिएकी थिइनन् । भर्खरै मन्त्रीबाट हटेसँगै झाँक्री टिकटक लाइभमा देखिएकी छिन् । उनले टिकटकका प्रयोगकर्ताहरुले राखेको जिज्ञासा दिँदै मज्जा लिएकी छिन् । एक प्रयोगकर्ताले एमालेमा फर्किएको हो भन्ने प्रश्नमा उनले समाजवादीमै रहेको जानकारी गराएकी छिन् । लगायत उनले आफूलाई रोज पठाउनेहरुलाई धन्यवाद समेत दिएकी छिन् । उनको नामबाट खोलिएका आइडीबाट विभिन्न समयमा विभिन्न परिस्थितीमा बनाएका टिकटकहरु हेर्न सकिन्छ ।

चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छ : मन्त्री कार्की
काठमाडौँ, १५ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने उद्देश्यअनुरुप मन्त्रालयले त्यससँग सम्बन्धित ऐन/कानुन, आर्थिकलगायत संरचना तयार गरिरहेको बताउनुभयो ।