मन्त्रीबाट हटेपछि माधवसँग आक्रोशित झाँक्रीले भनिन–नेकपा एमाले जिन्दावाद !

काठमाडौं, असार १६ । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले नेकपा एमाले जिन्दावादको नारा लगाउनु भएको छ । कुनै जानकारी नै नदिई मन्त्रीबाट अचानक फिर्ता बोलाएको भन्दै अध्यक्ष माधवकुमार नेपालसँग आक्रोशित झाँक्रीले बुधवार साँझ टीकटकमा हाँसोसहित ओके–ओके नेकपा एमाले जिन्दावाद ! भन्दै नारा लगाउनु भएको हो ।पार्टीले मन्त्रीबाट फिर्ता बोलाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गुहारेर थप २२ दिन टिके पनि फिर्ता हुनै परेपछि झाँक्रीसहित बिरोध खतिवडा, प्रमे आले र किसान श्रेष्ठ अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालसँग आक्रोशित हुनुहुन्छ । उहाँहरुले दुई नेतासँग मन्त्रीबाट हटेपछि संवादसमेत गर्नुभएको छैन् ।

मन्त्रीबाट हटेपछि पहिलो पटक टिकटक लाइभमा आएको जानकारी दिनुभएकाी झाँक्रीले बुधवार साँझ एक हजार स्रोता पुगेपछि आफ्नो कुरा राख्ने भन्दै बोल्नुभएको थियो । त्यसअघि आएका कमेन्टमा जवाफ फर्काउँदै नेकपा एमाले जिन्दावाद भन्नुभएको हो ।

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : प्रधानमन्त्री
काठमाडौँ, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज राससका नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गर्नुभएको शिष्टाचार भेटका अवसरमा उहाँले जनताको मनोवल बढाउने गरी सकारात्मक एवं रचनात्मक समाचार सम्प्रेषण गर्न सुझाव दिनुभएको हो ।

मुलुकको समाचार समितिका रुपमा छ दशकभन्दा लामो इतिहास बोकेको राससले सदैव निष्पक्ष र आधिकारिक समाचार सम्प्रेषण गरी सरकार र जनताका बीचमा सेतुको भूमिका निर्वाह गर्नुपर्ने प्रधानमन्त्री देउवाको धारणा थियो ।

स्वदेश तथा विदेशमासमेत कार्यसञ्जाल रहेको राससले आफ्नो सेवालाई विविधिकरण गरी अझ चुस्तदुरुस्त, भरपर्दाे र गुणस्तरीय बनाउन सुझाउँदै प्रधानमन्त्री देउवाले राससलाई अझ सुदृढ र स्रोतसाधन सम्पन्न बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाचार सङ्कलन तथा सम्प्रेषण कार्यमा सरकारका तर्फबाट कुनै पनि किसिमको हस्तक्षेप नहुने पनि प्रधानमन्त्री देउवाले स्पष्ट गर्नुभएको थियो ।

वर्तमान सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको चर्चा गर्र्दै उहाँले चौथो अङ्गका रूपमा परिचित प्रेसले पनि सोही अनुसारको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले राससका नवनियुक्त कार्यकारी अध्यक्ष झालाई बधाई तथा शुभकामना दिँदै लामो समयदेखि मुलुकको आमसञ्चार क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका वरिष्ठ पत्रकार झाको नेतृत्वमा राससको समाचार सेवाको गुणस्तर अभिवृद्धि भई आमनागरिक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौं, असार १६ । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले नेकपा एमाले जिन्दावादको नारा लगाउनु भएको छ ।

कुनै जानकारी नै नदिई मन्त्रीबाट अचानक फिर्ता बोलाएको भन्दै अध्यक्ष माधवकुमार नेपालसँग आक्रोशित झाँक्रीले बुधवार साँझ टीकटकमा हाँसोसहित ओके–ओके नेकपा एमाले जिन्दावाद ! भन्दै नारा लगाउनु भएको हो ।

पार्टीले मन्त्रीबाट फिर्ता बोलाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गुहारेर थप २२ दिन टिके पनि फिर्ता हुनै परेपछि झाँक्रीसहित बिरोध खतिवडा, प्रमे आले र किसान श्रेष्ठ अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालसँग आक्रोशित हुनुहुन्छ । उहाँहरुले दुई नेतासँग मन्त्रीबाट हटेपछि संवादसमेत गर्नुभएको छैन् ।

मन्त्रीबाट हटेपछि पहिलो पटक टिकटक लाइभमा आएको जानकारी दिनुभएकाी झाँक्रीले बुधवार साँझ एक हजार स्रोता पुगेपछि आफ्नो कुरा राख्ने भन्दै बोल्नुभएको थियो । त्यसअघि आएका कमेन्टमा जवाफ फर्काउँदै नेकपा एमाले जिन्दावाद भन्नुभएको हो ।