राष्ट्रपति विधादेवी भण्डारीबाट बिशेष तामझामका साथ उद्धघाटन गरिएको धारामा पानी नआएपछि…

राष्ट्रपति विधादेवी भण्डारीबाट बिशेष तामझामका साथ उद्धघाटन गरिएको भृकुटीमण्डपमा रहेको ढुगेंधारामा केही समययता पानी आउन बन्द भएको छ । उक्त ढुगेंधारामा लामो समययता पानी नआएकाले कसैले पनि चासो दिन नखोजेको भन्दै स्थानीयहरु समेत सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

बिशेष कामले प्रदर्शनीमार्ग पुगेका श्याम महर्जनलाई तिर्खा लागेपछ पानी पिउन पाइने भयो भन्दै उनी खुसी भएर त्यहा पुगे र उक्त धारामा पुगेपछि उनले पानी खान सकेनन् । कारण उक्त धारामा पानी नै आउन बन्द भइसकेको छ । उक्त धारामा कहिले पानी बन्द नहुने भन्दै राष्ट्रपति भण्डारीद्धारा २०७७ चैत्र २० गतेका दिन उद्धघाटन गरिएको थियो । मेलम्चीको पानी अन्तर्रगतको सो धारा अपागंमैत्री नभएपछि चर्को आलोचना भएको थियो र त्यसको केही समयपछि उक्त धारालाई अपागंमैत्री बनाइएको थियो । आज सोही धारामा पानी पिउनका लागी फरक क्षमता भएका थुप्रै मानिसहरु जान्छन् पानी पिउन नपाई फर्किन्छन् ।

मेलम्चीको आयोजना प्रभावित हुदाँ पनि पानी आइरहने ब्यबस्था मिलाउने भन्दै बिशेष तामझामका साथ उद्धघाटन गरिएको धाराको अबस्था किन यस्तो भयो भन्ने सरोकारवालालाई गरिएको प्रश्नमा आफ्नो क्षेत्राधिकारको विषय नभएको भन्दै पन्छिन् खोजेका छन् । राष्ट्रपतिबाट उद्धघाटन गरिएको यो एउटा देशकै विकासनिर्माणको अबस्थालाई प्रतिनिधित्व गर्ने घटना हो । देशमा रहेका अन्य आयोजनाको अबस्थालाई यसबाट सहजै अनुमान गर्न सकिन्छ ।