तेजश रेग्मी र रिना केसीको मौलिक गीत “तालको पानी” बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मीको नयाँ गीत तालको पानी भर्खर मात्र सार्वजनिक भएको छ ।

यस अगाडि पनि दर्शकले निकै मन पराएको जोडी यो गीतमा देख्न सकिन्छ । रेग्मीलाई आवाजमा उनै चर्चित गायिका रिना केसीले साथ दिएकी छन । रेग्मीका हरेक गीतमा मौलिक पन पाइन्छ यो गीतमा पनि दर्शक स्रोताले त्यो विशेषता पाउने छन ।

गोविन्द पौडेलको शब्द सिर्जना रहेको गीतमा रेग्मी आफैले लय सिर्जना गरेका छन । कुमार केसीको निर्देशन रहेको सो गीतको म्युजिक भिडियोमा लोमश शर्मा,तेजश रेग्मी र अस्मिता रनपालको अभिनय रहेको छ ।

गीत सार्वजनिक भए पछि हामीसँग कुरा गर्दै गायक रेग्मीले आफ्ना विगतमा सिर्जनामा दर्शक स्रोताको अत्यधिक माया पाए जसरी यो गीतलाई पनि सबैले मन पराइदिनेमा आफूहरू आशावादी रहेको बताउनु भयो ।

अत्यन्तै रोचक र लोभलाग्दो वनेको उक्त गितको म्युजिक भिडियो Tejash Regmi को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनि: