गणेश अधिकारी, कमला पोखरेल र मोहन विकको आवाजमा ‘भाग्य रेखा’ बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारीको आवाज तथा अभिनय रहेको नयाँ भाग्य रेखा भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ । गणेश अधिकारी,कमला पोख्रेल र मोहन विकको आवाज रहेको गीतलाई श्याम सेन्चुरी र विकास जिएमले शब्द कोरेका हुन भने मोहन विकले लय सिर्जना गरेका छन् ।

गीतको म्युजिक भिडियोमा गणेश अधिकारी,सुस्मिता गिरी र सावित्रा पौडेलको अभिनय रहेको छ । गीतलाई अधिकारी आफैले निर्देशन गरेका छन् ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो : .

यो पनि: