अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे

अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् । साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन् ।
सँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए ।

उनले लगाएकाे जुत्ता साइकलको पेडलमा अड्किएपछि उनले सन्तुलन गुमाएका थिए ।बाइडेनले उठेर आफू ठीक रहेको बताए । ह्वाइटहाउसका एक अधिकारीले उनको स्वास्थ्य ठीक रहेको र उनलाई कुनै स्वास्थ्य हेरचाह आवश्यक नरहेको बताएको न्यूयोर्क टाइम्सले समाचार लेखेको छ ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ७९ वर्षीय बाइडेन अहिले अमेरिकी राज्य डेलावेयरमा बिदा मनाइरहेका छन् ।गत महिना पनि उनी सिँढीबाट झण्डै लडेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो ।