अभिनेत्री पुजा शर्मालाई लाग्यो अर्को गम्भिर आरोप

पछिल्लो समय एकदमै बिबादमा तानिने नायिका मध्ये एक हुन् पुजा शर्मा । उनी चलचित्रमा जति सफल भईरहेकी छिन् त्यति नै बिबादित पनि ।

चलचित्र पत्रकार प्रकाश सुबेदीले सोधेको सामान्य ज्ञानको उत्तर दिन नसकेको देखि लिएर रोएरै आफ्नो फिल्म हिट बनाएको सम्मका आरोप उनी माथि लाग्दै आएको छ । त्यस्तै नायक आकाश श्रेष्ठ र उनी बीचको खटपट त फिल्मी उद्योगमा एउटा गसिपकै बिषय बन्न पुगेको छ ।

त्यस्तै उनी पछिल्लो समयमा चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा प्रमुख भुमिकामा देखिने भएकी छिन् । यस फिल्मको गीत सार्वजनिक गर्ने कार्यक्रमा उनी निक्कै उत्साहित रुपमा उपस्थित भएकी थिईन् । हरियो ड्रेसमा निक्कै आकर्षक र बोल्ड रुपमा देखिएकी उनलाई पत्रकारका केही शब्द र प्रश्नले थचक्कै बनाई दिएको छ । भाद्र १७ गते रिलीज हुन लागेको उक्त फिल्मको गीत सार्वजनिक कार्यक्रममा पत्रकारले उनलाई रुन्चे हिरोईनको संज्ञा दिए पछि उनी रुनु न हाँस्नुको अवस्थामा पुगेकी थिईन् ।

त्यतिमात्र हैन आकाश संगको खटपटका बिषयमा पनि पत्रकारले निक्कै चासो राखेपछि उनको अनुहारमा मलिनता छाएको थियो । ‘कन्ट्रोभर्सी क्विन’को ट्याग दिएका पत्रकारको जवाफमा उनले कन्ट्रोभर्सीले फिल्म चल्ने भए मेहनत नै नगरि आफु बिबादस्पाद बिषय झिकेर फिल्म हिट बनाउने तर्क पेश गरिन् । त्यस्तै उनले रोएरै फिल्म चल्ने भए आजै देखि सुरु गर्दा हुने समेत बताईन् ।