शितल गुरुङ र निशा गुरुङको आवाजमा ‘रोधी घरको उज्यालो बत्ति’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा लोकप्रिय दोहोरी गायक शितल गुरुङको आवाजमा रहेको दिप गुरुङको ‘रोधी घरको उज्यालो बत्ती’ भखर्रै सार्वजनिक भएको छ ।

प्रसिद्ध दोहोरी गायक शितल गुरुङ र गायिका निशा गुरुङको आवाजमा सजिएको उक्त गितमा सुमन आलेको उत्कृष्ट शब्द सृर्जना एवम् दिप गुरुङको लय रचना रहेको छ । प्रेमिकल जोडीहरुको माया प्रेमको विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । केहि समय अघि मात्रै बजारमा आएको शितल र निशाको आवाजमा माया रिमै गित सर्वाधिक रुचाईएको थियो फलस्वरुप दर्शकस्रोताहरुको अपार मायाले गर्दा माया रिमै गितको भाग 2 को रुपमा रोधी घरको उज्यालो बत्ति सावर्जनिक भएको छ ।

दिप गुरुङको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको गितको म्युजिक भिडियोमा आधा दर्शन भन्दा वढि कलाकारहरुको डान्सिङ्ग फिचर संगै अभिनय रहको छ । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई निजय लामाले छांयाकन एवम् मेक ब. थापाले सम्पादन गरेका छन् ।

अत्यन्तै रोचक र लोभलाग्दो वनेको उक्त गितको म्युजिक भिडियो Dip Gurung को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनि :