विष्णु खत्री र शान्ती श्री परियारको ‘बर्खामास’ युटुव ट्रेडिङ्गमा (भिडियो सहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा नेपाली गीत सङ्गीतको संरक्षणमा निरन्तर क्रियाशील सर्जक तथा गायक विष्णु खत्रीको नयाँ गीत “बर्खामास” भर्खर मात्र सार्वजनिक भएको छ ।

पछिल्लो नेपालको माैषमी समयलाई गीत सङ्गीतमा ढालिएको सो गीतको अडियो र भिडियो निकै दमदार र उत्कृष्ट रहेको छ । गीतमा विष्णु खत्री र शान्ती श्री परियारको आवाज रहेका छ भने गीतलाई विष्णु खत्री आफैले लय तथा शब्द सिर्जना गरेका छन । गितले छोटो समयमा नै धेरै दर्शकहरुको माया पाएको छ, यति वेला गित युटुव ट्रेनिङको २७ ऒं नम्बरमा छ ।

गीतलाई निकै रमणीय ठाँउमा दृश्य छाँयाङकन गरिएको छ । गीतलाई व्यवसायिक सफलता भन्दा पनि आफ्नो संस्कृति संरक्षणको लागि आफूले यस्ता सन्देशमूलक गीतहरू सार्वजनिक गरेको खत्रीले बताउनु भयो । किसानी दाई,भरिया दाई जस्ता किसानका भावना बोकेका खत्रीले यस अघिनै गीत सार्वजनिक गरिसक्नु भएको छ ।

पछिल्लो गीतको म्युजिक भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका छन भने तुलवीर थापा र पुजन घिमिरेले गीतमा अभिनय गरेका छन ।

यो पनी :