वसन्त थापा र मेनुका सोनीको आवाजमा ‘साईली मायालु’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा दोहोरी गायिका मेनुका परियारको नयाँ दोहोरी गित ‘साईली मायालु’ भखर्रै सार्वजनिक भएको छ ।

प्रसिद्ध दोहोरी गायक बसन्त थापा र गायिका मेनुका सोनीको आवाजमा सजिएको उक्त गितमा पछिल्लो समयका व्यस्त दोहोरी सर्जक रमेश परियारको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । प्रेमिकल जोडीहरुको माया प्रेमको विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

काजीश श्रेष्ठको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको गितको म्युजिक भिडियोमा सागर लम्साल ‘बले’ , यमुना रासाल र पुजन घिमिरेको डान्सिङ्ग फिचर एवम् अभिनय रहको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई राजेश घिमिरेले छांयाकन एवम् दिपक विष्टले सम्पादन गरेका छन् ।  अत्यन्तै रोचक र लोभलाग्दो वनेको उक्त गितको म्युजिक भिडियो Ramesh Pariya को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :