रवि लामिछानेलाई तान्न राजेन्द्र लिङदेन र गगन थापाको हानाथाप !

पुर्णकालिन राजनितीमा लाग्ने भन्दै मिडिया यात्राबाट विश्राम लिएका चर्चित संचारकर्मी रवि लामिछानेले राजनितीक यात्रा कसरी अघि बढाउँलान् भन्ने आम चासो सबैतिर रहेको छ ।

एकाएक टेलिभिजन छोडेर राजनितिक मैदानमा हाम फालेका लामिछानेले प्रतिनिधीसभाको निर्वाचनमा आफु उमेदवार बन्ने बताइसकेका छन् तर उनले स्वतन्त्र उमेदवार बन्ने , कुनै पार्टीमा प्रवेश गर्ने या आफैँ पार्टी खोल्ने भन्ने बिषयमा केहि पनि बताएका छैनन्।

असार ७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर आफ्नो योजना र राजनितीक दृष्टिकोणहरु सार्वजनिक गर्ने भनेका लामिछानेले स्वतन्त्र उमेदवारी नदिएर राजनितिक पार्टीबाट उमेदवार बन्न सक्ने चर्चाहरु पनि चलिरहेका छन् ।

के गर्ने हो ठ्याक्कै नभनेर सस्पेन्समा राखेका रविलाई आफ्नो पार्टीमा तान्नका लागी नेपाली काग्रेसका महामन्त्री गगन थापा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले निकै जोडबल लगाइरहेको खबर बाहिरिएको छ ।

रविसँग काग्रेस महामन्त्री गगन थापाले काग्रेस प्रवेश गराउँनका लागी पटक पटक गोप्य छलछल गरेको कुरा यस अघिनै ओटिभी नेपाल डककमले समाचार प्रकाशन गरेको थियो । यता आफ्नै ससुरा उद्धव पौडेल आवद्ध पार्टी राप्रपाबाट पनि उनलाई तान्न निकै जोडबल चलिरहेको खुलासा भएको छ।

रविलाई पार्टी प्रवेश गराउँनका लागी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन आफैँ निकै जोडबलले लागेको बताइएको छ । रविलाई ससुरा उद्धव पौडेलले पनि राप्रपामै प्रवेश गराउँन चाहेको बताइएको छ । लामिछानेले भने कतै पनि वचन दिएका छैनन् । सबै राजनितीक दलसँग कुरा भइरहेको भन्दै उनले छलफलका लागी भने आफु ओपन रहेको बताउँने गरेका छन् ।

लामिछाने कांग्रेस, एमाले र राप्रपाका विभिन्न तहका नेताहरूसँग संवादमा छन् । स्रोतका अनुसार उनको सबैभन्दा सघन र गम्भीर छलफल चाहिँ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग भइरहेको छ । लिङदेनले लामिछानेलाई भेटेरै आफ्नो पार्टीमा आउन प्रस्ताव गरेको राप्रपानिकट स्रोतले बतायो ।

लामिछानेका ससुरा उद्धव पौडेल हालै मात्र राप्रपा नेपाल त्यागेर राप्रपामा फर्किएका थिए । पौडेलकै मध्यस्थतामा लिङ्देन र लामिछानेबीच संवाद जारी रहेको स्रोत बताउँछ ।

‘अहिले पद वा जिम्मेवारीभन्दा पनि सैद्धान्तिक विषयमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो ।लामिछानेले अहिलेसम्म लिङ्देनलाई ग्रिन सिग्नल भने दिएका छैनन् । राजसंस्थाप्रति सदाशयता राख्ने भए पनि लामिछाने आफूलाई ‘राजावादी’ का रूपमा चिनाउन चाहँदैनन् । संघीयताको खारेजी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीजस्ता विषयमा राप्रपासँग उनको मत मिल्छ । धर्मनिरपेक्षताको विषयमा भने उनले आफूलाई खुलाएका छैनन् ।

रवि लामिछानेसँग निकट अभियन्ता ज्वाला सङ्ग्रौला केही समयअघि राप्रपामा प्रवेश गरेकी थिइन् । यस्तै अर्का चर्चित अभियन्ता ज्ञानेन्द्र शाहीलाई पनि राप्रपा भित्रिएर प्रवक्ता बनेका छन् । यदि लामिछाने पनि आउन तयार भए पदाधिकारीमध्ये कुनै प्रभावशाली पद दिन सकिने मनस्थितिमा छन् लिङ्देन । तर, अहिलेसम्मको कुराकानीमा ठोस प्रगति भएको छैन ।