रवि लामिछाने र गगन थापाबीच भएको गोप्य कुराकानी भयो लिक, गगनको प्रस्ताव रविले गरिदिए ठाडै अस्वीकार !

काठमाडौं । चर्चित संचारकर्मी एवं ग्यालेक्सी फोर के टेलिभिजनका एमडीबाट राजनीनामा दिएर राजनीतिक मैदानमा होमिएका रवि लामिछानेले काठमाडौंको कुन क्षेत्रबाट चुनाव लड्लान भन्ने चासो एकाएक बढेको छ । सञ्चारकर्मी लामिछानेले एकाएक पत्रकारिताबाट राजनीतिमा जम्प गरेपछि उनका समर्थकहरुले आगामी यात्राबारे उत्सुकता व्यक्त गरिरहेका हुन् ।

हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारहरुको पक्षमा देखिएको माहोल र आएको परिणामलाई हेरेर पनि रवि राजनीतिक मैदानमा ओर्लिएको विश्लेषण समेत हुन थालेको छ ।

प्रतिनिधीसभाको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिने तयारी सहित उनले संचारकर्म छोडेको अनुमान गरिएको छ । यही बेला रबिलाई प्रमुख दलका शीर्ष नेताहरुको अफर आउन थालेको छ भने उनलाई विभिन्न प्रलोभन देखाएर पार्टीमा भित्र्याउने कसरतमा समेत उनीहरु लागेका छन् । रविले नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधीसभा सदस्य गगन कुमार थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ बाट लड्ने सूचना बाहिरिएको थियो ।

स्रोतका अनुसार रविले काठमाडौं ४ बाट चुनाव लड्ने तयारीको सूचना केही समय अगाडी नै थापाको कानमा पुगेको थियो । यो सूचना पाएपछि थापाले रविसँग पटकपटक गोप्य छलफल गरेर ब्याक गराउने कोसिस गरेको बुझिएको छ । गगनले नयाँ पार्टी खोलेर यात्रा गर्न निकै कठिन हुने भन्दै पुरानै पार्टीलाई नयाँ बनाउँन सकिने भन्दै मिलेर काम गर्न प्रस्ताव गरेको दाबी गरिएको छ ।

राम्रो टिम मिलेर काम गर्ने भने पुरानो पार्टीलाई नै नयाँ बनाउन सकिने भन्दै सहयात्राको प्रस्ताव गरेको बताइन्छ । रविले भने थापाको पार्टीमा जाने प्रस्ताव ठाडै अस्वीकार गरेको तर काठमाडौं ४ बाट ब्याक हुन सकारात्मक भएको बुझिएको छ ।

पार्टीमा नलागे पनि काठमाडौं ५ बाट नलड्ने बिषयमा रवि र थापाबीच कुरा मिलेको छ । काग्रेस महामन्त्री थापा र रवि विच लामो समयदेखी निकट र आत्मीय सम्बन्ध रहँदै आएले रवि ब्याक हुन सकारात्मक भएका र अर्कै क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बन्नसक्ने चर्चा चलेको छ ।

अहिले उनले काठमाडौँ २ या ३ बाट माननीय बन्न आँखा लगाइरहेको बुझिएको छ । यता रविका ससुराको पार्टी राप्रपाबाट पनि पार्टी प्रवेशको लागी पटक पटक अफर गएको बताइएको छ ।

काठमाडौँबाट रोजेको क्षेत्रमा निर्वाचन लड्न प्रस्ताव गरिएकोमा यो प्रस्तावमा भने रविले ठाडै अस्विकार गरेको सुत्रहरुले दाबी गरेका छन् । पुर्णकालिन राजनीतिमा हाम फालेको दिन उनले आफ्ना सबै योजनाहरु असार ७ गते राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरेर जानकारी गराउँने भनेका छन् ।