काँग्रेसको सर्मथन गर्दै प्रचण्डले भने कांग्रेसले जिते पनि मलाई आफैले जितेको जस्तो लाग्छ

काठमाडौं ३ असार ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले , ‘कांग्रेसले जिते पनि आफैँले जिते जस्तो लाग्ने बताएका छन् ।

चितवनको भरतपुरमा समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा सम्वन्धी कार्यक्रमलाई सम्बोधन अध्यक्ष प्रचण्डले गएको स्थानीय तह निर्वाचनमा कसले जित्यो भन्ने नै बिर्र्सेको भन्दै यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘कांग्रेसले जिते पनि आफैँले जिते जस्तो लाग्छ, माओवादीले जिते पनि आफैँले जिते जस्तो लाग्छ, एमालेले जिते पनि आफैँले जिते जस्तो लाग्छ, खै मलाई के भएको हो यस्तो ? ‘

आगामी संघ र प्रदेशको निर्वाचनपछि पनि अहिलेको गठबन्धन कायम स्पष्ट पारेका प्रचण्डले प्रदेश र संघको निर्वाचन पछि शान्ति प्रकृयाका बाँकी कामसमेत पूरा गर्ने गरी अगाडि जाने बताएका छन् ।

साथै, कार्यक्रममा प्रचण्डले केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा नै घुसाइएको दावी समेत गरेका छन्