यिनै हुन् स्कुल जांदा स्कुटर सहित खस्दा मृ’त्यु भएकी शिक्षिका

सवारी दुर्घटनामा परी एक शिक्षिकाको ज्यान गएको छ । जिल्लाको तादी गाउँपालिका वडा नम्बर ४ मा दुर्घटना पश्चात् खोलाले बगाउँदा एक शिक्षिकाको ज्यान गएको हो ।

स्थानीय सुन्दरा माध्यमिक विद्यालय सातबिसेकी शिक्षिका राधिका आचार्यको सवारी दुर्घटनामा परी मृ त्यु भएको हो।विद्यालय जाँदै गर्दा शुक्रबार बिहान उनी चढेको स्कुटी अनियन्त्रित भई पल्टिएर खोलामा बजारिन पुगेको थियोे ।

आचार्य बा ९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनको घर दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारमा पर्छ । उनी निमावि तहमा स्थायी शिशिकाको रुपमा कार्यरत थिइन् । मृतक आचार्य नेपाली काग्रेस दुप्चेश्वर गाँउकार्यसमितिका सचिव शशी आचार्यको जिवनसंगिनी हुन् ।

इलाका प्रहरी कार्यालय खरानीटारका इन्स्पेक्टर योगेश खरेलले मृतकको शव जिल्ला अस्पताल त्रिशूली पठाइएको वताए ।घटनाबारे विस्तृत जानकारी पोस्टमार्टम रिपोर्टपछि आउने खरेलले जानकारी दिए ।