नायिका स्वस्तिमा खड्काले बोलिन राष्ट्रिय टेलिभिजनमा अश्लील शब्द

फिल्मका संवाद वा गीतमा प्रयोग हुने अश्लील शब्दहरूमा ‘बिप साउन्ड’ प्रयोग गरिन्छ। विशेष गरी राष्ट्रिय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रममा यस्ता कुराहरुलाई ध्यानमा राखिन्छ । पछिल्लो समय र्‍याप गीतहरूमा धेरै अश्लील शब्दहरू प्रयोग भइरहेको सुन्न सकिन्छ ।आजकल युट्युबमा रिलिज हुने र्‍याप गीतहरूमा ुबिप साउन्ड कमै प्रयोग गरिन्छ।परिवर्तनशील समय र समाजको नतिजा हुनसक्छ तर कुनै समय थियो जब र्‍याप गीतहरूमा प्रयोग हुने अश्लील शब्दहरूमा ‘बिप साउन्ड’ प्रयोग हुन्थ्यो । अहिले त राष्ट्रिय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वले अश्लिल शब्दको प्रयोग गर्दा पनि सम्पादन टोलीले बेवास्ता गर्ने गरेका छन् ।

टिभी च्यानल इमेज एचडीबाट प्रशारण हुने एक गायन (र्‍याप) रियालिटी शो (नेपहपको श्रीपेच) मा आफ्नो फिल्म ‘चिसो मान्छे’ को प्रमोशन गर्न आएकी नायिका स्वस्तिमा खड्काले अश्लील शब्द प्रयोग गरिन् । जसलाई सम्पादन टोलीले बेवास्ता गर्यो । कार्यक्रमको बिचमा नायिका खड्काले आशिष राणा उर्फ ​​लाहुरेको र्याप गीत ुनेपहपको बाटोु गाइन् । त्यसबेला उनी निकै उत्साहित देखिएकी थिइन् । स्टेजमा चढेर ‘नेपहपको बाटो’ गाइरहँदा उनले गीतमा प्रयोग गरिएका अश्लील शब्द पनि उच्चारण गरिन् ।

‘नेपहपको बाटो’ गीतको अफिसियल भिडियोमा उक्त अश्लील शब्दमा ‘बिप साउन्ड’ प्रयोग गरिएको छ । तर नायिका खड्का स्टेजमा उत्तेजित भइन् र उत्तेजक शैलीमा अश्लील शब्द प्रयोग गरिन् । यो योजनाबद्ध नहुन सक्छ, तर म को हुँ र मैले कस्ता शब्दहरू उच्चारण गरिरहेको छु भन्ने कुरामा उनले ध्यान दिनु महत्त्वपूर्ण छ। अश्लील शब्द प्रयोग भएको खण्डमा साउन्ड म्युट वा बिप साउन्ड प्रयोग गर्न सकिन्थ्यो। तर सम्पादन टोलीले बेवास्ता गरे । यसले कार्यक्रम सम्पादन टोलीको लापरवाही देखाउँछ।