वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परेर आमा र बुहारी बेपत्ता

ताप्लेजुङ ।

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा पहिरोमा परेर सासु र बुहारी बेपत्ता भएका छन् ।

पिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पहिरो गए राति घरमाथिबाट झरेको हो ।

वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएको पिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आमा तुलसा र पत्नि यशोदा बेपत्ता हुँदा यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

पिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको छ ।

अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेपछि जनजीवन व्यापक रुपमा प्रभावित बनेको छ । यस विषयमा थप विवरण आउन बाँकी रहेको बताइएको छ ।