सुनिता डंगोलको बिवाहको तयारी

काठमाण्डौं,काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बिवाह गर्ने भएकी छन् । पारिवारिका स्रोतका अनुसार वीरगञ्ज पुख्र्यौली घर भएका साउण्ड इञ्जिनियरसँग सुनिताको बिवाह हुन लागेको हो ।

उनी तीन चार वर्षदेखि साउण्ड सशांक श्रेष्ठसँग अफयएरमा छिन् । सिनेमा र फोटोग्राफीमा रुचि राख्ने श्रेष्ठले भर्खर स्नातकोत्तर सकाएका छन् । आगामी मंसिरमा विवाह गर्ने गरी सुनिता र सशांकका परिवारले सबै तयारी अघि बढाएका छन

नेपाल वायुसेवा निगमकी पूर्वकर्मचारी रश्मी श्रेष्ठ सुनिताकी हुनेवाला सासू हुन् । गौरी प्रधान नेतृत्वको बाल मजदुर सरोकार केन्द्र ९सिविन० मा कार्यरत वीरगञ्जका सुवोध श्रेष्ठ उनका भावी ससुरा हुन् ।

हुनेवाला सासू रश्मी निगमको कमर्सियल विभागमा काम गर्थिन् । बेहुला श्रेष्ठको परिवारको बसाइ नयाँ बसपार्क क्षेत्र गोंगबूमा हो । उनीहरूको पुख्र्यौली घर वीरगञ्ज र अर्को घर कीर्तिपुरमा पनि रहेको बताइन्छ ।

काठमाडौँको फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने छ -उपमेयर डंगोल

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौँको फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने बताएकी छन्।

शनिबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले तत्कालका लागि फोहर व्यवस्थापनका लागि सहमति भए पनि दीर्घकालीन समाधान खोजिने भन्दै विभिन्न योजनाहरू तयार भइरहेको बताइन्।

उनले फोहरको स्रोतमा नै बिकेन्द्रीकृत गरेर, त्यही नै व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिन्। डंगोलले घरैबाट जैविक–अजैविक छुट्याइ दिन पनि पनि आग्रह गरिन्।

उनले फोहर व्यवस्थापनका गरेको प्रतिबद्धता पुरा गर्ने बताइन् ।