कर्मचारीले गाडीहरू मर्मत गर्दा तेल, सामान चोरी हुने गरेको देखियो : मेयर बालेन

काठमाडौं १ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कर्मचारीतन्त्रको कुरामा आफुहरुले विभिन्न कदमहरू चालिसकेको जानकारी दिएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मेयर साहले यस्तो जानकारी दिएका हुन् ।

हरेक कर्मचारीको रूममा सिसिटिभी राखेका बताएका साहले गाडीहरू मर्मतकै लागि पनि कर्मचारीले मर्मत गर्न नपाउने नियम बनाइएको बताएका छन् ।

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले मात्र मर्मत गर्न पाउने बताएका साहले भने, मर्मत गर्दा तेल, सामान चोरी हुने गरेको देखियो।’

साथै, उक्त कार्यक्रममा उनले टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट मर्मत गर्न दुई-तीन लाख भए पुग्ने बताएका छन् ।

ब्रुमर बिग्रिएको भनिए पनि र ब्रुमरको सानो एउटा पाइपमात्रै बिग्रिएकोले त्यसको मर्मत पछि आजबाट काठमाडौंमा पाँच वटा ब्रुमरले सफा गर्न थालेको बालेनले बताएका छन् । भोलीबाट थप चार वटा ब्रुमर थपिने पनि उनले जानकारी दिएका छन् ।