म काठमाडौँबासीको मात्रै गाली र आलोचना सुन्छु, असम्बन्धितले गरेको गाली र आलोचना सुन्न सक्दिन : बालेन शाह

काठमाडौं ।

हेटौंडामा ३ दिनका लागि आयोजना गरिएको स्थानीय सरकारको बैठकको बिचमा नै बालेन शाह किन एक्कासी बिचमा नै उठेर बाहिरिए ?

तीन दिने बैठकमा सहभागी हुन आइतबार नै हेटौंडा पुगेका बालेन र सुनिता एकदिन मात्र बैठकमा सहभागी भएर सोमबार बेलुका ५ बजे नै फर्किएपछि बालेनले स्पष्टीकरण दिँदै भनेका छन् बैठक काठमाडौंबासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौंबासीलाई गाली गरी समय र ऊर्जा खर्चिएका कारण फर्किएको बताएका छन् ।

काठमाडौं र काठमाडौंबासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली चलेको भन्दै बालेनले मलाई व्यक्तिगत रूपमा आलोचना वा गाली गर्न पाइयो तर मेरो महानगरबासीलाई गाली गरेको सुन्न नसकेर फर्किएको बताउका छन् ।

बालेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘काठमाडौं केबल राजधानीमात्रै होइन, अझ बागमती प्रदेशको लागि त एउटा पालिका मात्रै हो तर काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो।

गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँरकार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ।’ उनले गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरमा आफ्नै महानगरबासीहरूको सुन्ने भन्दै बैठककै बिचबाट उठेर फर्किएको बताएका छन् ।