संसदमा प्रेम सुवालको प्रश्न : बजेट निर्माणमा अर्थमन्त्रीले सहभागी गराएका ‘सीए’ को हुन् ?

काठमाडौं : सांसद प्रेम सुवालले बजेट निर्माणमा अर्थमन्त्री जनार्दन शर्माले सहभागी गराएका ‘सीए’ भनिएका व्यक्तिको परिचय खुलाउन माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद सुवालले जेठ १४ गते राति अर्थमन्त्रालयमा प्रवेश गरेका दुईजनामध्ये सीए भनिएका व्यक्तिको परिचय गोप्य राखिएको भन्दै आपत्ती जनाए।

जेठ १४ गते राति अर्थमन्त्रालयमा अर्थमन्त्री शर्माले प्रवेश गराएकाम दुईजनामध्ये सीए भनिएका व्यक्तिको परिचय खुलाइएको छैन, त्यो सीए विदेशी नै हुनुपर्छ भन्ने कुरा आएको छ, उनले भने,’ कुन देशको नागरिक हो त्यो बाहिर आएको छैन। विदेशी नागरिक अर्थमन्त्रालयमा कर छुट गराउन कसरी पुगे? अर्थमन्त्रीज्यूले कसरी बाटो दिनुभयो?’

उनले रातारात अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराइ भन्सार र करका दररेटमा परिवर्तन गराएको भन्दै आक्रोश व्यक्त गरे।

उनले भने,’ कमिसन कति प्राप्त भयो? गठबन्धन सरकारका नेताहरुले कित कति पाए, यसबारे स्पष्ट हुनुपर्यो।’

‘२००७ सालपछि भारतीय राजदूत मन्त्रिपरिषदमा पसेर निर्णय दिन्थे हामीले इतिहास पढेको भन्दै अहिले त पनि सात सालजस्तै भयो सिंहदरबारभित्र विदेश नागरिक। कुन नागरिक हो त्यो सीए,’उनले प्रश्न गरे।

उनले अर्थमन्त्रीले कुन कुन उद्योगलाई कति छुट दिनुभयो त्यो स्पष्ट नभएसम्म संसदलाई अघि नबढाउन सभामुखसँग आग्रह गरे।

जेठ १४ गते राति अर्थमन्त्रालयमा अर्थमन्त्रीले पूर्वनायव सुब्बा रघुनाथ घिमिरेलाई कार्यकक्षमा बोलाए र साथमा अर्का व्यक्त अज्ञात व्यक्ति जसले मन्त्रीले ‘सीए साप’ भनेर चिनाएका थिए। सोही विषयलाई लिएर सांसद सुवालले संसदमा कुरा उठाएका हुन्।